0
गोल्डेन न्यूज संवाददाता
पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरेको प्रथम मिस कल्चर पश्चिमाञ्चल २०१७ मा विभिन्न राउण्डहरू पार गरि १४ जना प्रतिस्पर्धीहरू ट्यालेन्ट राउण्डमा प्रवेश गरेका छन् । हाम्रो सँस्कृति हाम्रो पहिचान लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल उद्देश्यका साथ संचालन गरिएको कार्यक्रममा फागुन १५ गतेबाट सञ्चालनमा आएको हो। जसको मुख्य प्रायोजकमा गोर्खा ब्रअरी, सह–प्रायोजकमा बायो भोड्का, एल्जी नुहाउने साबुन, मेकअप पार्टनरमा जाइडस वेलनेस लिमिटेड, पावर वाईमा भ्यालेन्टीनो वाइन, एजुकेशन पार्टनरमा भिसा इम्फो, होटल पार्टनरमा कान्तिपुर होटल, बैंकिङ्ग पार्टनरमा फेवा विकास बैंक, ड्रेस पार्टनरमा पोखरा कलाकेन्द्र, सहयोगीहरूमा जसविन पेन्टस, हेप्पी बोर्डिङ स्कूल, एन.बी. जे.के. सप्लार्यस, मङ्गलदीप अगरवत्ती, होटल दीप सागर, बार्दली बचत तथा ऋण सहकारी संस्था लि., क्वालिटी बिस्कुट, हाम्रो टिभी, जन सेवा सप्लायर्स लगायत रहेको संस्थाकी अध्यक्ष शोभा गौतमले जानकारी दिइन् । होटल सांग्रीलामा गत मंगलबार प्रतियोगीहरूको लोपउन्मुख जातिय फोटो सुटहरू सम्पन्न गरी आउँदो शनिबार ट्यालेन्ट शो गर्न लागिएको आयोजकले जानकारी दिए । फाइनलमा प्रवेश गरेका प्रतियोगीहरूलाई दैनिकरूपमा व्यक्तित्व र नेतृत्व विकाससँग सँगै पोखराको पर्यटन प्रवद्र्धन गर्नेखालका सँस्कृति पहिचानहरू का बारेमा तालिम प्रदान गरी आउँदो बैशाख ९ गते पोखरा सभागृहहलमा फाइनल कार्यक्रम हुने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।




Post a Comment

 
Top