0
खराब मौषमको कारण पोखरा विमानस्थलबाट हुने उडान सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुको कारण भिजिविलिटी पर्याप्त नहुदा उडान तालिका अनुसार विमान उड्न सकेका छैनन् । मौषम खराबीका कारण बुधवार काठमाडौं–पोखरा १२ वटा र पोखरा– जोमसोम ६ वटा उडान रद्द भए । बिहीवार विहान पनि उडान हुन सकेन । बुधवार दिउसो एक बजेपछि मौषममा केहि सुधार आएकाले बेलुका साढे ४ बजेसम्म उडान भयो । बुधवार बुद्ध एयरको ६ वटा उडान रहेकोमा एउटा मात्रै भयो । यति एयरलान्सको ८ वटा उडानमा तीन वटा मात्रै भएको र सिम्रिक एयरको तीन वटा उडान तालिका रहेकोमा दुई वटा मात्रै उडान भयो । बुधवार पोखरा–जोमसोम तारा एयरको ३ र सिम्रिक एयरलान्सको ३ वटा उडान रद्द भयो । बिहीवार पनि जोमसोमको लागि निर्धारित यी दुई एयरलान्सको ६ वटा उडान रद्द भएको पोखरा विमानस्थलका प्रवक्ता काशिनाथ पौडेलले  जानकारी दिए । मौषममा सुधार नआएकाले बिहीवार बिहान ११ बजेसम्म पोखरा विमानस्थलबाट कुनैपनि उडान हुन नसकेको पौडेलले बताए । बिहीवार बिहान पोखरा–जोमसोम–पोखरा ताराको तीन, सिम्रिक एयरको तीन सहित काठमाडौं–पोखरा–काठमाडौं बुद्ध एयरको तीन र यति एयरलायन्सको ४ वटा उडान प्रभावित भएको छ । बिहीवार ६ वटा उडान तलिका रहेपनि सुरु हुन नसकेको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले जानकारी दिए ।  पोखरा विमानस्थलबाट बुद्ध सहित यति, तारा र सिम्रिक एयरले उडान भर्दै आएका छन् । मौषममा आएको खराबीका कारण कुनैपनि विमान उडान अबतरण हुन नसकेको हो । उडान नहुदा हवाई यात्रुले स्थलमार्ग रोज्न बाध्य भएका छन् । खराब मौषमको कारण पोखरा विमानस्थलबाट दृष्याबलोकनका लागि उड्ने गरेको अल्ट्रालाईट सेवा पनि ठप्प छ । प्याराग्लाइडिङमा पनि यसको असर परेको छ ।


Post a Comment

 
Top