0
गोल्डेन न्यूज संवाददाता
संविधान संसोधन बिना निर्वाचनमा गए हतियार उठाउने संघीय गठवन्धनका नेताहरुले वताएका छन । पोखरामा बिहीबार आयोजित विरोध सभामा वोल्ने वक्ताहरुले संविधान संशोधन विना निर्वाचनको आयोजना गरे आफूहरुले बहिष्कारसहित सशक्त आन्दोलन गर्ने र हतियार समेत उठाउने चेतावनी दिएका हुन् ।  तमुवान संयुक्त संघर्ष समितिले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष हेमराज राइले जनताले स्थानिय चुनाव नचाहेको र जवरजस्ती चुनाव गरिए विद्रोह हुने चेतावनी दिए । राईले पहिचानको आन्दोलन शान्तिपूर्ण रुपमा नहुने इतिहाँस साँची रहेको बताउँदै पहिचानको आन्दोलनलाई सफल बनाउन ज्यान उत्सर्ग गर्न समेत तयार रहन आग्रह गरे । संघीय लिम्बुुवानका अध्यक्ष कुमार लिङदेनले आन्दोलनरत गठबन्धन कुनैपनि हालतमा पछि नहट्ने भन्दै आन्दोलनको बीचमा पनि स्थानीय चुनाव भएमा पहिचानको आन्दोलन दुइ सय वर्ष पछाडि हट्ने भएकाले आन्दोलनमा सम्पूर्ण पहिचानवादीहरु होमिनुपर्ने वेला आएको बताए । तमु धि नेपालका अध्यक्ष कर्मा तमुले आदिवासी जनजाति र मधेसी जनताको माग सम्वोधन नभएसम्म कुनैपनि हालतमा निर्वाचनमा जान नहुनेमा जोड दिइन । तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले संविधान कार्यान्वयन भन्दापनि खारेजी गर्नुपर्ने वताउँदै आगामी निर्वाचनमा उमेदवारी घोषणा गर्ने ब्यक्तिलाई भौतिक कार्वाही गर्ने चेतावनी दिंदै आफूहरु चुनाव हुन नदिनका लागि हतियार उठाउन समेत तयार रहेको बताए । सभा अगाडि पोखराको रानीपौवा बाट विरोध ¥यालीसहित महेन्द्रपुल चिप्लेढुंगा हुँदै सभा स्थल मानवअधिकार चोकमा पुगेको थियो ।



Post a Comment

 
Top