0
पोखरा नगर क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीका लागि यात्रु चढाउन र झार्न तोकिएको स्थान हो बस बिसौनी । तर ती बस बिसौनी नाम मात्रैका छन् । यसअघि प्रत्येक पाँच सय मिटरको फरकमा राखिएका बस बिसौनी कार्यान्वयन मा आएनन् । त्यतिबेला गाडिएका पोल अहिले कहाँ पुगे थाहा छैन । पछिल्लो समय नगरपालिकाको लगानीमा ट्राफिक प्रहरी समेतकको संलग्नतामा राखिएका बस बिसौनी पनि नाम मात्रैका छन् । नगरपालिकाको लगानीमा पछिल्लो समय पोखराका मुख्य २२ स्थानमा बस बिसौनीको बोर्ड सहित पोल गाडिएको छ । यात्रु उकाल्ने र ओर्लने मात्र भनिएका बस बिसौनीका नयाँ बोर्ड टल्किएका छन् । तर त्यसको पालना न सार्वजनिक सवारी चालकले गरेका छन् न अन्यले । बस बिसौनीको बोर्ड राखिएका स्थानमा अन्य सवारी पार्किङ गरिन्छ । सार्वजनिक सवारीले गुडिरहेको स्थान अर्थात बीच बाटोमै सवारी रोक्छ र रात्रु चढाउने तथा झार्ने गर्छ ।
पोखराका बस बिसौनी ब्यवहारिक हुन सकेको छैन । ट्राफिक नियम अनुसार तोकिएको स्थानमा मात्रै सार्वजनिक सवारी रोकेर यात्रु चढाउने र झार्ने गर्नुपर्ने हो । पोखरामा पाइलैपिच्चे बस चड्न पाइन्छ र झर्न पाइन्छ । यात्रुपनि जहाँ मन लाग्यो त्यहि चढ्न र झर्न पाउछन् । सार्वजनिक सवारीका लागि निश्चित तोकिएकै स्थानमा मात्रै बस रोकिन्छ भन्ने छैन । जहाँ बसेपनि हुने भएकाले बस बिसौनी सम्म न त यात्रु जान्छन् न सवारी चालकले रोक्छन् । ‘जहाँ मनलाग्यो त्यहाँ रोक्न पाइदैन तर बस विसौनीको प्रयोगको बानी बसाल्नुपर्नेछ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिव थापाले भने–‘बिसौेनीमा अन्य सवारी पार्किङ गरेको पाइए कार्र्वाही गछौं ।’ बस बिसौनीको प्रयोगका लागि यात्रु र सवारी चालक दुवै सजक हुनुपर्ने उनले बताए ।

Post a Comment

 
Top