गोल्डेन न्यूज संवाददाता
पोखरा ६ चैत्र ।
स्थानीय तहको पुर्नसरचना भए लगतै राजनीतिक दलले पनि आफ्ना पार्टीका संरचना सोहि अनुरुप पुनर्गठन गरेका छन । शनिबार संयोजक हेमबहादुर थापाको अध्यक्षतामा बसेको नयाँ शक्ति पार्टी नेपाल कास्की जिल्ला विस्तारित परिषद बैठकले कास्की जिल्लामा भएको स्थानीय तह अनुसार नयाँ शक्ति पार्टी नेपालको पार्टी संरचना गठन गरेको छ ।

बैठकका प्रमुख वक्ता नयाँ शक्ति नेपालकी प्रदेश नं. ४ संयोजक बलावती शर्माले जनताले विगतमा गरेको अधिकार प्राप्तिको लडाइँ जितेको अवस्थामा जनताको घरदैलोमा अधिकार आइपुगेको बताइन । उनले अब जनताले आफ्नो अधिकार प्राप्त गरी देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन योगदान गनुपर्नेमा जोड दिइन ।
भेलामा पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा कास्की जिल्ला उत्प्रेरक नेपाली सेनाका पूर्व कर्नेल तथा पाइलट मदन के.सी ले नेपालमा वैकल्पिक शक्तिको रुपमा नयाँशक्ति पार्टी स्थापित भएको भन्दै स्थानीय तह, जिल्ला, प्रदेश तथा केन्द्रमा रहेका सबै अभियान्ताहरु एक कदम अघि बढेर जनतासँग हातेमालो गर्दै आर्थिक विकासका लागि जनताको घरदैलोमा जाने बताए ।
नयाँ शक्ति पार्टी नेपाल केन्द्रीय परिषद् सदस्य देवी सुवेदी, हरिनारायण गिरी, टिकाराम पौडेल, नारायणहरि तिवारी, दुर्गाबहादुर गुरुङ्ग, खड्कबहादुर तमु, युवा नेता सौगात पोख्रेल लगायतले नयाँ शक्ति पार्टीले नयाँ योजनाका साथ उदाहरणीय कार्य गर्दै जनतासंग सहकार्य गनुपर्नेमा जोड दिएका थिए ।
Post a Comment