0
बाबा फाउण्डेशन पोखराले पर्वतका तीन विद्यालयमा १० लाख मूल्यको शैक्षिक सामग्री वितरण गरेको छ । पर्वतको कुश्मा नगरपालिका ११ मा रहेका विश्वज्योति मावि लामठा, रानीस्वारा आधारभूत विद्यालय रानीश्वारा र स्यानी पोखरी आधारभूत विद्यालयमा सो शैक्षिक सामग्री वितरण गरेको हो । फाउण्डेशनले विश्वज्योति माविमा सातवटा कम्प्युटर सहित टेलिस्कोप, माइक्रोसकोप, विज्ञान स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको वावा फाउण्डेशनका प्रोजेक्ट मेनेजर अमृता पौडेलले जानकारी दिएकी छन् । त्यसैगरी रानीस्वाँरा आधारभूत विद्यालय र स्यानी पोखरी आधारभूत विद्यालयमा पनि एक÷एक कम्युटर सहित प्रिन्टर्स र अन्य शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिएकी छन् । ती विद्यालयमा पढ्ने बालबालिकालाई आधुनिक शिक्षा दिलाउनका लागि फाउण्डेशनले विशेष सहयोग गरेको फाउण्डेशन का दाता रुविन्सले बताए। उनले विद्यार्थीहरु सिकाईबाट वञ्चित हुन नहुने बताए । उनले विद्यार्थीको चाहना बुझेर नै विद्यार्थीहरुलाई ती शैक्षिक सामग्री सहयोग गरेको बताउँदै सामग्रीको सही सदुपयोग भएमा आगामी दिनमा पनि यसैगरी सामग्री वितरण गरिने जानकारी दिए । 
कार्यक्रम संयोजक विश्वज्योति माविका पूर्व विद्यार्थी कृष्ण सुवेदीले विश्व विद्यालयमा नभएको माईक्रोस्कोप आफ्नो विद्यालयमा ल्याएर वितरण गर्न पाउँदा खुसी लागेको वताए । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गोपाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निरीक्षक हिमलाल शर्मा, विश्वज्योति माविका प्रधानाध्यापक गणेशप्रसाद तिमिल्सिना, रानीस्वारा आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक जगन्नाथ सुवेदी, विद्यार्थी प्रतिक्षा गौतम, स्थानीय समाजसेवी ख्याम सुवेदी, यमप्रसाद सुवेदी, ढाकाराम सुवेदी, भीम नेपाली, संगीत शिक्षक यमवहादुर केसी, राजेन्द्र सुवेदी, डिल्लीप्रसाद सुवेदी, अविभावक शेषकान्त सुवेदी, शिक्षिका विजया रेग्मी, शिक्षक जयप्रसाद सुवेदी अभिभावक झलक पौडेल लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

Post a Comment

 
Top