हरि पन्त
![]() |
गभर्नर धनराज आचार्य |

यसैगरी डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेकाका अशोक कुमार श्रेष्ठ र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन्स क्लव अफ काठमाडौं भृकुटीकी संस्थापक अध्यक्ष समेत रहेकी ईन्दु लम्साल निर्वाचित भएका छन् । सेकेण्ड भिडिजीमा लम्सालले प्रत्यासी काठमाडौंकै मणिश्री बज्राचार्यलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । कूल मत ६२९ मध्ये लम्सालले ४२० र बज्राचार्यले २०३ मतमात्र प्राप्त गरे भने ६ मत बदर भएको थियो ।
नवनिर्वाचित गभर्नर आचार्यले क्याविनेट सेक्रेटरीमा पोखराका चण्डीप्रसाद अर्याल, कोषाध्यक्षमा पोखरा उद्योग वाणिज्य संघका महासचिव समेत रहेको दामु अधिकारीलाई चयन गरेका छन् ।
यसैगरी डिष्ट्रिक्टको चिफ एड्भाइजरमा काठमाडौंका मनबहादुर रोका, को–चिफ एडभाइजरमा पोखराका विश्वेश्वर आचार्य र म्याग्दीका चन्द्रबहादुर केसी चयन भएका छन् । रोका गभर्नर बालकृष्ण बुर्लाकोटीको कार्यकालमा को–चिफ एड्भाइजर, आचार्य गभर्नर धु्रव थापाको कार्यकालमा क्याविनेट सेक्रेटरी र केसी गभर्नर बुर्लाकोटीकै कार्यकालमा पिआरओ इन चिफ भएर काम गरेका थिए ।
यसैगरी डिष्ट्रिक्टको चिफ एड्भाइजरमा काठमाडौंका मनबहादुर रोका, को–चिफ एडभाइजरमा पोखराका विश्वेश्वर आचार्य र म्याग्दीका चन्द्रबहादुर केसी चयन भएका छन् । रोका गभर्नर बालकृष्ण बुर्लाकोटीको कार्यकालमा को–चिफ एड्भाइजर, आचार्य गभर्नर धु्रव थापाको कार्यकालमा क्याविनेट सेक्रेटरी र केसी गभर्नर बुर्लाकोटीकै कार्यकालमा पिआरओ इन चिफ भएर काम गरेका थिए ।
डिष्ट्रिक्टको गभर्नरमा निर्वाचित भएपछि गोल्डेनन्यूज दैनिकसंग कुरा गर्दै आचार्यले लायन्स इन्टरनेशनलको १०० वर्ष र आफ्नो कार्यकाल विशेष खालको बनाउने प्रतिवद्धता जनाए । उनले डिष्ट्रिक्टमा सदस्य संख्या उच्चतम् बढेकाले अब संख्यात्मक भन्दा गुणात्मक सदस्य विस्तार गर्ने आफ्नो योजना रहेको स्पष्ट पारे ।
गभर्नर आचार्यले डिष्ट्रिक्टमा तत्कालै मिडिया सेन्टर स्थापना गर्ने प्रतिवद्धता जनाए। उनले लायन्सको धेरै गतिविधि शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने समेत स्पष्ट पारे ।
महाधिवेशनको उद्घाटन लायन्सका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले गरेका थिए । कार्यक्रममा बोल्दै खेतानले लायन्स डिष्ट्रिक्ट ३२५ बी १ विश्वकै सर्वोत्कृष्ट क्लव भएको भन्दै प्रशंसा गरे । उनले डिष्ट्रिक्टको यो ख्यातिलाई सदैव कायम राख्न अबका गभर्नर तथा सबै टीमले विशेष योगदान दिनुपर्नेमा जोड दिए ।
लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालमा २८५ क्लवका साथै करिब ८ हजार ७ सय सदस्य रहेका छन् । डिष्ट्रिक्टबाट २०१६/०१७ मा ९० जनाले मेल्भिक जोन फेलोशिप (एमजेएफ) लिएका छन् भने २०१६/२०७ मा नेपाल लायन्स फाउण्डेशनमा करिब १ करोड ५० लाख रकम जम्मा भएको बताइन्छ । डिष्ट्रिक्टले १ करोड ४० लाख रुपैयाँको लगानीमा लेखनाथको लायन्स सामुदायिक अस्पतालमा मातृशिशु सघन उपचार केन्द्रको स्थापना गर्ने तयारी गरेको डिष्ट्रिक्ट को–चिफ एड्भाइजर तथा पूर्व क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
Post a Comment