0
गोल्डेन न्यूज संवाददाता
नेपाल यातायात मजदुर संघ कास्कीले होली विशेष कार्यक्रम आयोजना गरि शुभकामना आदान–प्रदानसहित व्यवसायी सचेतना कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रमका नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले नेपाली मजदुरले मात्र देशको विकास गर्न सक्ने बताए ।  नेता कुँवरले यातायात मजदुरलाई धैर्यवान व्यवसायी र यात्रु मैत्री वनाउन मजदुर संघले अगुवाई गर्नु पर्नेमा जोड दिए । आगामी चुनावको प्रसंग कोट्याउँदै नेता कुँवरले नेपाली काँग्रेसको उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्न आग्रह गरे । आफूपनि पोखरा–लेखनाथ महानगरपालिका को आगामी मेयरको निर्वाचनमा केन्द्रित रहेको उनले स्पष्ट पारे। ‘सबै साथीहरुले तपाईजस्तो स्वच्छ व्यक्ति आवश्यक छ’ नेता कुँवरले भने ।  मजदुर संघ कास्कीका अध्यक्ष जितवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद शंकर पाण्डेले सनातन धर्म र सस्कृति वचाउन नेपाली काँग्रेसले अग्रणि भूमिका खेल्नु पर्नेमा जोड दिए ।  कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ४ का संयोजक मुरारी शर्माले देश विकासको मेरुदण्ड रहेको यातायात क्षेत्रलाई सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य नविन सिग्देलले आर्थिक सम्बृद्धिको नारा वोकेर चुनावी मैदानमा काँग्रेस होमिनुपर्ने बताए । 
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुलदेवी बराल, यातायात मजदुर संघ प्रदेश नं ४ का संयोजक किरणबाबु पन्त, यातायात महासंघका केदार पौडेल, ट्रेड युनियन काँग्रेसका जिल्ला सचिव केशव भट्टराई, जिल्ला सदस्य केदार धमला, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि वराल, ट्याक्सी व्यवसाय समितिका प्रकाशमणि बराल, पोखरा–काठमाडौं माइक्रो इकाईका अध्यक्ष भेषप्रसाद ढुङ्गाना (केशव) लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  संघका दामोदर पण्डितले स्वागत र सदस्य अर्जुन खनालले कार्यक्रम संचालन गरेका थिए भने टेकनाथ पन्थी, लालिमायाँ रेग्मी र दीपक खड्काले नाटक मञ्चन गरेका थिए ।

Post a Comment

 
Top