0
नेपाल पत्रकार महासंघ कास्कीले फागुपूर्णिमा (होली) पर्व आईतबार महासंघ परिसरमै हर्ष उल्लासका साथ मनाएको छ । विभिन्न संचार माध्यमहरुमा आवद्ध पत्रकारहरु एक आपसमा रंग लगाएर शुभकामना आदान–प्रदान गरी हर्ष उल्लासका साथ मनाईएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए। पत्रकारहरु संगै एकै थलोमा भेला भएर होली पर्व मनाउँदा मनोरञ्जन हुनुका साथै एक आपसमा मित्रभाव बढेको श्रेष्ठले बताए । देशको दिगो शान्तिको कामनासहित पत्रकारहरुले होली पर्व मनाएको सह–सचिव एवं उक्त कार्यक्रमका संयोजक दीननाथ बरालले बताए । यसैबीच नेपाल पत्रकार महासंघ कास्कीको आईतवार वसेको बैठकले विभिन्न १४ उपसमितिहरु गठन गरेको छ । जसअनुसार  सचिव रामप्रसाद तिमिल्सेनाको संयोजकत्वमा प्रचार–प्रसार, प्रकाशन तथा प्राविधिक,  तालिम र अन्तरशाखा तथा वैदेशिक उपसमितिमा उपाध्यक्ष त्रिभुवन पौडेल, अक्षयकोष तथा कल्याणकारी कोष वृद्धि उपसमितिमा कोषाध्यक्ष सञ्जय मल्ल, पत्रकार महिला तथा समावेशी समन्यवमा उपाध्यक्ष विमला भण्डारी, संघसंस्था समन्यव उपसमितिमा सह–सचिव दिनानाथ बराल, दस्तावेज समन्वय उपसमितिमा सह–सचिव दिपक परियार रहेका छन् ।  यसैगरी कार्यक्रम तथा भौतिक पूर्वाधारमा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, मिडिया अनुगमन तथा आचार संहिता कार्यान्वयनमा पूर्व अध्यक्ष पुण्य पौडेल, पुरस्कार निर्देशिका परिमार्जन तथा सुझाव उपसमितिमा पूर्व अध्यक्ष वद्री विनोद प्रतिक, परामर्श उपसमितिको संयोजकमा पूर्व सभापति कुशुम केशव पराजुली लगायत रहेका छन् ।






Post a Comment

 
Top