0
राजाराम पौडेल
गायिका प्रीति आलेमगर र गायक राजेश वर्देवाको आवाजमा रहेको ‘झिमझिम परेली’ गीतको म्युजिक भिडियो पोखरामा छायांकन भएको छ । माया राईको शब्द संकलन रहेको गीतमा संगीत मनोज रसाइलीले भरेका छन् । गीतमा मोडल पार्वती राई र कृष्ण सुनार रहेका छन् । शिव विकको निर्देशनमा बन्ने भिडियोको छायाकंन शम्भु चालिसेले गरेका छन् । रोमान्टिक आधुनिक फेवरको यो दोहोरी माया प्रेम सँग सम्बन्धित छ । नृत्यलाई जोड दिएर बन्न लागेको म्युजिक भिडियोमा पोखराको वि टु डि डान्स गुप्रका २० जना डान्सर स्मृति गुरुङको कोरियोग्राफी भिडियोमा देखिएमा छन् । यसअघि गीतार बजाईदेउ, पुतली झै नाच्यो मायाले, म त सानो विरानो गाउँको, लगायतका दुई दर्जन गीतमा आवाज भरेका राजेश वर्देवाले नयाँ गीतमार्फत दर्शक श्रोताको माया पाउनेमा विश्वस्त छन् । लोक दोहोरी गीत प्रतिष्ठान अञ्चल कमिटी गण्डकीका सचिव समेत रहेका उनी शिक्षण पेशा छाडेर साँगीतिक क्षेत्रमा होमीएका हुन् । उनी सञ्चारकर्मी समेत हुन् । भिडियोको छायाँकन पोखराको फेवाताल, वेगनासताल, पामे लगायतका ठाउँमा भएको छ । गीतमा अभिनय गरेका मोडल कृष्ण सुनार कास्की वेगनासका वासिन्दा हुन् । उनी विगत १७ वर्षदेखि अमेरिका बस्दै आएका छन् । यसअघि उनले नेपाली चलचित्र पाकेटमार, रणभूमि, माइलीमा अभिनय गरेका थिए । आधी मुटु, मेरी आमा, भमरा झै डुली हिड्ने, पोखरेली कान्छी, तोड्यौ तोड्यौ लगायतका भिडियोमा समेत उनले अभिनय गरिसकेका छन् । चलचित्र क्षेत्र र लोक दोहोरी क्षेत्रलाई माया गर्ने सुनारले चलचित्र निर्माण गर्ने योजना समेत बनाएका छन् । झण्डै ६ सय गीतमा अभिनय गरिसकेकी यस गीतकी मोडल पार्वती राई म्युजिक भिडियोे मार्फत दर्शकको मन जित्नेमा ढुक्क छन् । ‘गीत राम्रो लागेर अभिनय गर्न राजी भएकी हुँ पक्कै दर्शकको मन जित्नेछु’ उत्साहित हुँदै उनले भनिन् । गीतमा पार्वती राईले कृष्ण सुनारसँग रोमान्स गरेकी छन् । भिडियोमा नृत्यलाई बढी फोकस गरिएको निर्देशक शिव विकले बताए ।





Post a Comment

 
Top