0
गोल्डेन न्यूज संवाददाता
कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडौको संयुक्त आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजित हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला २०७३ शनिबार सम्पन्न भएको छ । मेला समापनका प्रमुख अतिथि व्यवस्थापिका संसद सदस्य शारदा पौडेयलले उद्यमशीलतालाई अगाडि बढाउनका लागि मेला राम्रो भएको बताउँदै समय समयमा यस्ता खाल्का मेला गर्नु आवश्यक रहेको बताइन। पौडेलले नेपालमा उत्पादन भएका नेपाली जुत्ताहरुलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउनु पर्नेमा जोड दिइन । नेपालमा धेरै उद्यमी र उद्योग रहेको भन्दै तिनीहरुको विकासका लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष किरण डंगोलले मेलामा सहभागी हुन पाँउदा खुशी लागेको बताए ।  कास्की पोखरा हस्तकला संघका अध्यक्ष तथा मेला संयोजक हिरा भट्टराईले छोटो समयमा पनि मेला सफल भएको भन्दै दुवै संस्थाको उद्देश्य एउटै भएकाले पनि मेला सम्पन्न गर्न सहज भएको बताइन ।  वानका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सिप र जाँगरलाई उद्य्मशिलतामा लगाउन सकेमा राष्ट्रको समृद्धि हुने बताए । घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख थमन सिहं थापाले  उद्यमशीलताका माध्यमबाट  आर्थिक उन्नति गर्न सकिन्छ भन्ने कुराको प्रमाण मेलाले गरेको बताए । नेपाल हस्तकला महासंघका उपाध्यक्ष तथा नेपाली जुत्ता घर प्रालिका संचालक होमनाथ उपाध्यायले  नेपालीहरुले स्वदेशी  उत्पादनको प्रयोग गर्न पाउनु पर्छ भन्ने उद्देश्यले मेला आयोजना गदै आएको भन्दै आफूहरुले काठमाडौँ बाहिर पोखरामा पहिलो चोटी गरेको मेला सफल भएको बताए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले मेला पोखरामा अत्यन्तै भव्यताका साथ सम्पन्न भएको बताइन । कास्की पोखरा हस्तकला संघका अध्यक्ष एवम् मेलामुल समारोह समितिकी सयोजक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एफम्यानका बरिष्ठ उपाध्यक्ष कृष्ण फुयालले धन्यवाद ज्ञापन, महिला उद्यमी पार्वती कार्की, इसान पसमिनाका योगेश पौडेलले आप्mना भनाइ राखेका थिए । गत फागुन १५ गतेदेखि सञ्चालन भएको मेलामा १ करोड २० लाख रुपैयाँको कारोबार भएको छ भने १ लाख ६५ हजार दर्शकहरुले मेलाको अवलोकन गरेका छन् । मेलामा १५ देखि ७० प्रतिशतसम्म छुटमा जुत्ताहरु बिक्री गरिएको थियो भने मेलामा १५० रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध गराइएको थियो । मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर सुज, बि.एफ डियरहिल सुज, स्काइ सुज, कोशेली छालाजुत्ता, सफ्ट टच फुटल्याण्ड, सुल्याण्ड, इजी सुज, टम टेलर सुज लगायत ब्राण्डका जुत्ताहरु राखिएका थिए ।



Post a Comment

 
Top