0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयनमा आएको छ ।  स्थानीय तह पुनःसंरचना आयोगले सिफारिस गरेको पोखरा(लेखनाथ महानगरपालिका तथा रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिका मा  कार्यकारी अधिकृत खटिएसँगै स्थानीय तह कार्यान्वयनमा आएको हो । पोखरा (लेखनाथ महानगरपालिकाको कार्यकारी अधिकृतमा नवराज ढुङ्गाना तथा रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकाको कार्यकारी अधिकृतमा क्रमशः भेषराज आचार्य, खेमराज देवकोटा, किरणप्रसाद कोइराला र नारायणप्रसाद अधिकारीसँगै अन्य कर्मचारी पनि कार्य क्षेत्रमा गइसकेको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ । साविक पोखरा उपमहानगरपालिकाका, लेखनाथ नगरपालिका  तथा कास्कीकोट, मौजा, चाँपाकोट, भदौरेतमागी तथा माझठाना र कालिका गाविसका केही वडालाई  समेटेर ३३ वडा भएको पोखरा( लेखनाथ  महानगरपालिका कायम गरिएको छ । त्यस्तै साविक  गाविसमध्ये माछापुच्छ«े सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङघलेललाई मिलाएर माछापुच्छ«े गाउँपालिका बनाइएको छ । यस्तै ढिकुरपोखरी, सल्यान, दाङसिङ, लुम्ले, घान्दु्रक मिलाएर अन्नपूर्ण, पार्चे, नामार्जुङ, थुमाको डाँडा, कालिका, सिल्दुजुरे, मिजुरे, भाचोक, सैमराङ, माझठाना र हङ्सपुर मिलाएर मार्दी तथा थुम्की, सिद्ध, देउराली र रुपाकोट मिसाएर रुपा गाउँपालिका बनाइएको छ । 





Post a Comment

 
Top