0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले कास्कीले आज शुक्रबार पोखरामा आमसभा गर्ने भएको छ । आमसभालाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जानकारी दिएको छ । सभामा एमाले कास्कीले २० देखी २५ हजार जनता सकडमा उत्तार्ने एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए । पोखराको चिप्लेढुङगामा आयोजना गर्न लागेको सभामा पोखरा लेखनाथ महानगरपालिका र कास्कीका चार वटै गाँउपालिकामा वडामा भेला भइसकेको बुधबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा थापाले बताए । उनले भने–‘आमसभामा जनतालाई सकडमा उतार्न कास्की र महानगरका सवै वडामा बैठक र भेलाहरु सम्पन्न गरिसकेका छांै ।’ उनले सभा निवाचनलाई केन्द्रित गरेर नभई संविधानका विषयवस्तु र यस कार्यान्वयनका पक्षमा जनतालाई अवगत गराउन लागिएको बताए । १८ गते पोखराको सृजनाचोक, रानीपौवा, बगर लगायतका ठाँउबाट र्याली आयोजना गरिने छ । सभालाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले कार्यक्रमको संचालन गरेका थिए ।

Post a Comment

 
Top