0
सार्वजनिक यातायातको अस्वस्थ प्रतिस्पर्धाका कारण कहिलेकाँही यात्रुले सास्ती खेप्नुपर्छ भने यातायात कर्मचारीकै कारण ब्यवसायकै बदनाम हुने गरेको छ । एकपछि अर्को आउने जाने सवारी र त्यसका चालक तथा सह–चालकले यात्रु तानातान गर्न खोज्दा यातायात क्षेत्रको वेथिति झल्किन्छ । सोमबार पोखरा लेखनाथ महानगरपालिकामा यस्तै भयो । दिउसो दुई बजे महानगरपालिका वडा नम्बर ३० पावरहाउस चोकमा यात्रु चढाउने बिषयमा दुई बसका सह–चालक बीच कुटाकुट भएको छ । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना६ख ८४११ नम्वरको बसका सह चालक तनहुँको भिमाद २ बस्ने २० बर्षीय भविलाल रानालाई सोही दिशातर्फ जादै गरेको ना६ख २५१० नम्वरको बसको सह–चालकले बसमा यात्रु चढाउने विषयलाई लिएर कुटपिट गरे । दुई सहचालकको झगडामा राना घाइते भए । उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइयो । घटनापछि खटिएको प्रहरीले दुवै सवारी र कुटपिट गर्ने सह–चालक तनहुँ छाङ ९ बस्ने २५ बर्षीय पूर्णबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।




Post a Comment

 
Top