0
नेकपा एमाले साविक ढिकुरपोखरी गाउँ कमिटीको सोमबार सम्पन्न विशेष भेलाले ढिकुरपोखरीबासीलाई महानगरपालिकाकावासी बनाउन थप पहल गर्ने निर्णय गरेको छ । पार्टीका स्थाई कमिटी सदस्य सोमनाथ अधिकारी प्यासीको प्रमुख आतित्थतामा सम्पन्न भेलाले सो निर्णय गरेको हो । भेलाले साविक गाविसलाई हाल अन्नपूर्ण गाउँपालिकामा नै स्वीकार गर्नुपर्ने कानुनी बाध्यता रहेपनि स्थानीय निकायको निर्वाचनपछि पोखरा लेखनाथ महानगरपालिकामा गाभ्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको गाँउ कमिटी सचिव हरि शर्माले जानकारी दिए । भेलाले हाल संघर्ष समितिमार्फत संचालित महानगरपालिकामा गाग्नुपर्ने आन्दोलन ढिलो भएको महसूस पनि गरेको शर्माले बताए । त्यस्तै यहि चैत २१ गते बृहत भेला बोलाउने र सो भेलाले गाउँपालिकाको संरचना अनुसार अन्नपूर्ण १, २, ३ मा कमिटी बिस्तार गर्ने निर्णय पनि गरेको छ । भेलाले गाउँपालिका र महानगरपालिकाका पक्षमा जनता विभक्त गराई आपसी सद्भाव खलल पर्ने तत्वबाट आम ढिकुरपोखरीवासी जोगिनुपर्नेमा समेत जोड दिएएको बताइन्छ ।  गाउँकमिटीका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य लक्ष्मी अधिकारी, क्षेत्र नं. ४ का सचिव रामचन्द्र थापा, क्षेत्रीय सदस्य कृष्णबहादुर कुवँर, प्रदेश नं. ४ का सल्लाहकार चर्तुरमान विक, सचिव हरि शर्मा लगायतले बोलेका थिए ।

Post a Comment

 
Top