0
अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, नेपाल र युवा पत्रकार एकता समाज बङ्गलादेशको संयुक्त आयोजनामा नेपाल बङ्गलादेश मैत्री उत्सव पोखरामा सम्पन्न भएको छ । अलीमियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmमको प्रमुख अतिथि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा थिए । कार्यव्रmमका प्रमुख अतिथि थापाले यस्ता कार्यव्रmमले दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान हुने र एक अर्काको संस्कृतिलाई गहिरोसँगै जान्ने अवसर प्राप्त हुने बताए । उनले मन्तव्यका व्रmममा छिट्टै लोककवि अली मियाँका गीतहरूको नोटेशन सहित एल्बम प्रकाशन गर्ने र इन्टरनेट तथा यु–ट्युबमा राख्ने जिम्मा सांस्कृतिक संस्थानले पुरा गर्न लागेको र आगामी वर्ष एक विस्तृत योजना सहित लोककविको शालिक स्थापना गर्नका लागि लोक अली मियाँ प्रतिष्ठानसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । कार्यव्रmममा बङ्गलादेवी स्रष्टाहरू महम्मद इमदादुल हक तयैव, आइरिन खान र प्राजनाथ तथा नेपाली साहित्यकारहरू मुक्ति बराल, राजेन्द्र गुरगाँई, ऋषभदेव घिमिरे, शुभद्रा भट्टराइ र तर्कना शर्मालाई अली मियाँ प्रष्ठिानद्वारा र युवा पत्रकार समाज वङ्गलादेश बाट अली मियाँ प्रतिष्ठानका पदाधिकारीहरू हनिफ मियाँ, हरिदेवी कोइराला, पद्मराज ढकाल, तुलसी प्रवास र धर्मराज पौडेल अल्पायुलाई सम्मान गरिएको थियो । 
यसैगरी कोलम्बियाबाट नेपाली बाजा सारङ्गी सिक्न आएका एरिन बान्कालाइ पनि सम्मान गरिएको थियो । कार्यव्रmममा आफ्नो भनाइ राख्दै बङ्गलादेशबाट आएका महम्मद इमदादुल हकले यस मैत्री उत्सव कार्यक्रमले दुई देश बिचको सम्बन्ध सुमधुर हुनुका साथै आत्मीयता र सद्भाव बढ्ने बताए । कार्यक्रमलाई थप रोचक बनाउनका लागि हिमाली सांस्कृतिक परिवार, अनुशीलन सङ्गीत पाठशाला र झलकमान गन्धर्व सारङ्गी पाठशालाका कलाकारहरूले नृत्य, सङ्गीत र गीतहरू प्रस्तुत गरेका थिए भने दुवै देशका सबै सम्मानित स्रष्टाहरू महम्मद इमदादुल हक तयैव, आइरिन खान, प्राजनाथ, मुक्ति बराल, राजेन्द्र गुरगाँई, ऋषभदेव घिमिरे, शुभद्रा भट्टराइ, तर्कना शर्मा, हनिफ मियाँ, हरिदेवी कोइराला, पद्मराज ढकाल, तुलसी प्रवास, धर्मराज पौडेल अल्पायु लगायत कविहरू सुरेश रानाभाट, सविना पौडेल, छविलाल आचार्य, चुडामणि बरालले कविता वाचन गरेका थिए । अली मियाँ लोकङ्मय प्रतिष्ठानकी उपाध्यक्ष हरिदेवि कोइरालाले स्वागत र सचिव पद्मराज ढकालले कार्यव्रmम सञ्चालन गरेका थिए ।




Post a Comment

 
Top