0
पोखराका क्रियाशील विभिन्न चार वटा लायन्स क्लवले संयुक्त रुपमा पर्वतको आर्थर डाडाखर्क गाविसमा स्वास्थ्य शिविर गरेका छन्। लायन्स क्लब अफ पोखरा सुन्दर नगरी, लायन्स क्लब अफ पोखरा दर्शन, लायन्स क्लब अफ बेगनास तालनगरी र लायन्स क्लब अफ पोखरा टुरिज्म सिटीले संयुक्त रुपमा शिविर गरेका हुन्। शिविरमा दुई सय ५० पुरुष तथा तीन सय ६ महिला गरी पाँच सय सय ५६ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो। शिविरमा लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालि बगालेटोल पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। स्वास्थ्य परिक्षणपछि  झण्डै एक लाख ४० हजार मूल्य बराबरको औषधी निःशुल्क विरतण गरिएको लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका अध्यक्ष महेश पौडेलले बताए।      शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, बालरोग, हाडजोर्नी, नशा, मुटु, पेट, छात्ति सम्वन्धी उपचार सेवा प्रदान गरिएको थियो। लायन्स ३२५ बी वान वर्ष २०१६÷०१७ का रिजन–२८का रिजन चेयर पर्सन एकनारायण शर्माले बिरामीलाई प्रिष्किप्सन कार्ड हस्तान्तरण गरी शिविर उद्घाटन गरेका थिए। कार्यक्रममा आर्थर डाडाँखर्क गाविसका सचिव हेमराज ढकाल, स्थानीय स्वास्थ्य शिविर संयोजक इन्द्रबहादुर गुरुङ, पञ्चकोशी आर्थर डाडाँखर्क समाज पोखराका अध्यक्ष क्या लालप्रसाद गुरुङ, लेकसिटी हस्पिटलका अध्यक्ष यम सापकोटा, शिक्षासेवी शेरबहादुर गुरुङ, पर्वत मिलन समाजका अध्यक्ष अनिता गुरुङ, लायन्स क्लब अफ पोखरा टुरिज्म सिटीका अध्यक्ष सुदिप पौडेल, कार्यक्रम संयोजक शिवप्रसाद गौतमले बोलेका थिए। लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका अध्यक्ष महेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा दर्शनका अध्यक्ष शोभा पाण्डेले स्वागत र लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष ऋषिराम रानाभाटले सञ्चालन गरेका थिए।  





Post a Comment

 
Top