0
पोखरा लेखनाथ महानगर पालिकाको वडा नं ५ स्थित ढुङ्गेखोला टोल विकास संस्थाले पाँचौ चरणको बाटो निमार्णको काम सम्पन गरेको छ । पाँचौ चरणमा १ सय मिटर मोटरबाटो ढलान कार्य सम्पन्न भएको छ । १० लाख ६० हजार बढीको लागतमा सम्पन्न सो बाटोमा स्थानीयको ६० र महानगरको ४० प्रतिशत रकम र श्रमदानबाट  मोटरेवल ढलान बाटो सम्पन्न भएको संस्थाका अध्यक्ष विश्वनाथ पौडेलले बताए । उनले निर्मााणका लागि साठी चालिस भनेपनि महानगरपालिका बाट २ लाखमात्र प्राप्त भएको र बाँकी जनसहभागिताबाट ८ लाख ६० हजार रकम उपलब्ध भएको बताए। बाटो निर्माणका लागि यसअघिनै महानगर र स्थानीयको सहयोगमा ५ सय मिटर बाटो ढलान भइसकेको र हाल सय गरि ६ सय मिटर बाटो निर्माण सम्पन्न गर्न कूल ६० लाख रुपैयाँ खर्च भएको छ । बाटो निर्माणका क्रममा स्थानीयले प्रतिव्यक्ति एक हात जग्गा बराबर दुई हजारका दरले रकम उठाउँदा पनि नपुगेपछि श्रमदान गरेर काम सम्पन्न गर्नुपरेको बाटो निर्माण समितिका संयोजक दुर्गा पराजुलीले बताए ।
ढुङ्गेखोला टोल विकास संस्थाका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्यहरु मोतीराम भट्टराई, हिमाल पौडेल, सपना रेग्मी, स्थानीय रामप्रसाद गौतम, विनोद गौतम लगायतले सबैको सहयोग बाटै बाटो निर्माण सम्पन्न भएको बताए । पोखरा र  लेखनाथ महानगर भएपछि पहिलो पटक बाटो निर्माण सम्पन्न भएको हो ।  बाटो निर्माण सँगै हाल करिब १ सय घर धुरीले सहज महसुस गरेका छन् भने आगामी दिनमा स्थानीयको साथ र सहयोगबाटै विकास निर्माणको कामलाई अगाडि बढाउन महानगरको सहयोगको आवश्यक रहेको छ ।

Post a Comment

 
Top