0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीको वर्ष २०१७÷२०१८ को अध्यक्षमा पुरुषोत्तम भण्डारी निर्विरोध निर्वाचित भएका छन् । क्लवको प्रथम अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । क्लवको चार्टड प्रेसिडेन्टमा सन्तोष घिमिरे, प्रथम उपाध्यक्षमा ऋषिराम भण्डारी, द्वितीय उपाध्यक्षमा विधान गौतम, तृतीय उपाध्यक्षमा टंक ढकाल, सचिवमा शंकर पाण्डे, सह–सचिवमा कृष्ण प्रसाद आचार्य, कोषाध्यक्षमा महेश्वर रिमाल, सह–कोषाध्यक्षमा राजाराम पौडेल रहेका छन् । यसैगरी मेम्बरसिप चियर पर्सनमा सागर बराल, टेमरमा मोती प्रसाद पौडेल, पिआरओमा राजेश ढुङ्गाना, टेलट्वीस्टरमा चित्र गुरुङ्ग, निर्देशकमा अनुप बराल, श्रीराम बराल, महेश सुनार, नवराज कोइराला, सन्दिप बुढाथोकी, राम्जी प्रसाद देवकोटा, सदस्यमा निर्मल सोती, विक्रम गौतम, जीवन कार्की, सुनिल बस्नेत र टिकाराम पराजुली रहेको निर्वाचन अधिकृत बालकृष्ण बराले जानकारी दिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले क्लवले गर्ने भावी कार्यक्रमका बारेमा जानकारी गराए । 

यसअघि रिजन चियर पर्सन बालकृष्ण बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, रिजन चियर पर्सन, सुदिपराज ढुङ्गाना, लायन्स क्लव अफ सिर्जना चौतारीका आइपिपि विना गुरुङ, सिर्जना चौतारीका अध्यक्ष बसन्त गिरी, प्रथम उपाध्यक्ष कलाधर बाँस्तोला, द्वितीय उपाध्यक्ष जित बहादुर थापा गोपाल, लायन्स क्लव अफ विरौटा साझा चौतारीका अध्यक्ष दुर्गा आचार्य, प्रथम उपाध्यक्ष रजनी कोइराला, लायन्स क्लव अफ पोखरा युनिक चौतारीका अध्यक्ष एकराज गिरी, लायन्स क्लव अफ पोखरा युनिटी चौतारीका अध्यक्ष सरस्वती गिरी लगायतले स्थापना भएको छोटो समयमानै लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले डिष्ट्रिक्टमा बेग्लै पहिचान बनाउन सफल भएको बताए । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष पुरुषोत्तम भण्डारी, सचिव विधान गौतम, कोषाध्यक्ष टंक ढकालले समेत बोलेका थिए । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीमा विभिन्न क्षेत्रका २४ जना युवा आवद्ध रहेका छन् ।

Post a Comment

 
Top