0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंहचोकमा रहेको देवशिल्पी बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनले बम बहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको प्रथम उपाध्यक्षमा निर्मल सुनार, द्वितीय उपाध्यक्षमा रन बहादुर विश्वकर्मा, सचिवमा टंक सुनार, कोषाध्यक्षमा तोलाकान्त सुनार र सह–सचिवमा गीता गौतम चयन भएका छन् । संस्थाको सदस्यहरुमा जौमया विक, मेनका कालिराज, दुर्गा सुनार, अमृत सुनार र ओमप्रसाद सुनार चयन भएका छन् । अधिवेशनले राम सुनारको संयोजकत्वमा खेम सुनार र श्रीकृष्ण सुनार सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ ।
सहकारीका अध्यक्ष ऋषिराम विश्वकर्माको अध्यक्षता र जिल्ला सहकारी संघ कास्कीका शिवजी कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले प्रत्येक शेयर सदस्यहरुले अधिकार मात्रै खोज्ने नभई कर्तव्य पनि पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति १० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए भने उपाध्यक्ष बम बहादुर विश्वकर्मा र संस्थापक अध्यक्ष चन्द्र किशोर गौतमले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव निर्मल सुनारले गरेका थिए ।


Post a Comment

 
Top