0
गोल्डेन न्यूज संवाददाता
कालिका माइक्रोक्रेडिट डेभलेपमेन्ट बैङ्क लि.ले आफ्ना फिल्ड सहायक कर्मचारीहरुलाई केन्द्र तथा फिल्ड व्यवस्थापन बिषयक क्षमता अभिवृद्धि तालिम दिएको छ । पाल्पाको तानसेनमा आयोजित तालिममा बैंकको १२ शाखा कार्यालयका कर्मचारीहरु सहभागी थिए । उनीहरुलाई केन्द्र सञ्चालन, फिल्ड व्यवस्थापन सफ्टवेर सम्बन्धी तालिम दिइएको थियो । तालिमको उद्घाटन गर्दै  बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले नेपालका बैंक तथा वित्तिय संस्थाहरुको वर्तमान अवस्था एवं कालिका माइक्रोक्रेडिट को हालको अवस्था, शाखा तथा कार्यक्षेत्र, प्रगति बारेमा बारेमा चर्चा गर्दै कर्मचारीलाई समय परिस्थितिअनुरुप अघि बढ्न निर्देशन दिए ।  उनले वार्षिक लक्ष्य एवं प्र्रगतिको बारेमा जानकारी गराउँदै भर्खरै नयाँ आठ वटा शाखाहरु विस्तार गरिएको र यसै आर्थिक वर्ष भित्रमा अझै १४ वटा शाखा विस्तार गरिने योजना भएको बताए । तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्दै वार्षिक लक्ष्य हासिल गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नयाँ शाखा विस्तार संगै हाल कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले १० वटा जिल्लामा ३२ वटा शाखा मार्फत आफ्नो सेवा पु¥याइरहेको उनले बताए।  बैंकका वरिष्ठ सहायक एवं हातेमालो शाखा प्रबन्धक यस प्रसाद अर्यालले बैंकले दिंदै आएको कर्जाको प्रकार, ब्याजदर, भाखा अवाधि, सीमा, बचतका प्रकारका साथै लघुवित्त कार्यक्रम अन्तरगत समाजिक सुरक्षा र सेवाबारे जानकारी गराएका थिए ।  कार्यक्रममा बैंकका सूचना प्रविधि विभागका भुजलाल पौडेलले बैङकमा आधुनिक सफ्टवेयरको आवश्यकता, प्रयोग तथा गोपनीयताको बारेमा जानकारी गराका थिए ।  विभिन्न शाखाका ३० जनाको सहभागिता रहेको उक्त तालिममा बैंकका योजना तथा अनुगमन विभाग प्रमुख खेम नारायण रेग्मीले फाईलिर्ङङ्ग, प्रमाणहरुको प्रतिलिपि प्रमाणिकरण, ब्यवस्थापन, हरहिसाब व्यवस्थापन, टिमवर्क, अनुशासन एवं हाल देखिएका समसामयिक त्रुटिहरु एवं त्यसको सुधारको बारे प्रकाश पारेका थिए ।









Post a Comment

 
Top