0
गोल्डेन न्यूज संवाददाता
घरेलु उद्योग व्यवसायको प्रवद्र्धनका लागि उद्योगी ब्यवसायीलाई प्राविधिक प्रशिक्षण र बजारीकरणको  ज्ञानको अभाव भएको व्यवसायिले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कास्कीको आयोजनामा बजार व्यवस्थापन प्रशिक्षण तथा औद्योगिक व्यवसाय ऐन २०७३ सम्बन्धि अन्तक्रिया एवंम बनभोज कार्यक्रममा सो कुरा बताएका हुन् ।  घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न सीपमुलक तालिम संचालन गरी व्यवसायिक जनशक्ति विकासमा जोड दिनुपर्नेमा उनीहरुको भनाई थियो । 
  प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका महिला समिति संयोजक अञ्जु शर्माले घरेलु उद्योगको प्रवद्र्धनका लागि बजारीकरण र घरेलु ऐनका बारेमा जानकार हुनु पर्ने बताइन । राज्यले घरेलु उद्योगलाई व्यवस्थित र प्रवद्र्धन गर्न सके दक्ष जनशक्ति विदेशीनु नपर्ने उनको भनाई थियो । विशेष अतिथि समितिका उपाध्यक्ष शोभा गुरुङ्गले सबै उद्योगी व्यवसायीलाई प्रशिक्षणले नयाँ ज्ञान प्राप्त हुने र ब्यवसाय गर्न मद्दत पुग्ने बताईन् । कार्यक्रममा पोखरा उप–महानगरपालिकाका सामाजिक शाखा प्रमुख ओमराज पौडेलले घरेलु उद्योग प्रर्वद्धनका लागि स्थानीय निकायले सहयोग गर्ने बताए । सो प्रशिक्षण कार्यक्रममा ब्यवसायिक प्रवद्र्धन, औद्योगिक व्यवासायी ऐनका नीति नियम र कार्यान्वयनको अवस्था, सरकारी निकायबाट पाउने सुविधाहरु जस्तै अनुदान, सस्तो ब्याजदरमा कर्जा, विभिन्न तालिम, कार्यक्रमहरुको लागि बजेटको विनियोजनको अवस्था र उत्पादित सामानको बजारिकरणको बारेमा प्रशिक्षक अन्जु शर्मा, रोशनी उपाध्याय, शान्ता बास्ताकोटी, शोभा गुरुङ्ग, घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख थमन थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा केन्द्रीय सल्लाहकार गजकुमारी गुरुङ्ग, कास्कीका अध्यक्ष महाप्रसाद सुवेदी, प्रदेश ४ का अध्यक्ष हरिहर थापा, केन्द्रीय सदस्य माधव पराजुली, पोखरा उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिति संयोजक सीता बराल, पोखरा हस्तकला संघका सचिव सीता गुरुङ्ग, महिला उद्यमी गीता तिवारी, गोमा ढकाल, पवित्रा गुरुङ, माया बराल, मिना पराजुली लगायतले बोलेका थिए ।
घरेलु तथा साना उद्योग महासंघका कास्कीका महिला समितिका अध्यक्ष गोमा सुवेदीको अध्यक्षतामा भएकोे कार्यक्रममा केन्द्रिय सदस्य एवं कार्यक्रमका संयोजक चिनु गुरुङ्गले स्वागत र संचालन धना पाण्डेले गरेकी थिइन् ।




Post a Comment

 
Top