0
गोल्डेन न्यूज संवाददाता
आठौं हेमजा आलु महोत्सव–२०७३ सोमबारदेखि शुरु हुदै छ। सुन्दर ठाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव चैत १ गतेसम्म विष्णुपादुका खेल मैदानमा हुँदैछ। महोत्सववमा आलुको मूल्य प्रति केजी ३२ रुपैया राखिएको कृषक परिचालन उप–समिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार महोत्सवमा भित्र र बाहिर गरि करिब दुई करोडको आलुको कारोवार हुने अपेक्षा गरिएको छ।  महोत्सव उद्घाटन अघि हेमजा मिलनचोकदेखि झाँकी सहितको ¥याली निकालिने मूल आयोजक समितिका संयोजक ज्ञानु थापाले जानकारी दिए। महोत्सवमा प्लाष्टिक झोला र गिलास निषेधित गरिएको छ भने शान्ति सुरक्षालाई मध्येनजर गरेर ड्रोन क्यामारा जडान गरिएको विष्णुपादुका क्लवका अध्यक्ष रमेश कार्कीले जानकारी दिए। महोत्सवमा टिकट ८० कायम गरिएको छ भने विद्यार्थीलाई ५० कायम गरिएको छ। महोत्सवमा टिकटमा सिम फ्रि को पनि व्यवस्था मिलाईएको छ। सिम लिनका लागि नागरिकता वा लाईसेन्स अनिवार्य हुनुपर्ने आयोजकले जानाएको छ। महोत्सवमा होली विशेष कार्यक्रम समेत राखिएको छ। महोत्सवमा रत्यौली गीत प्रतियोगिता, कृषि कविता प्रतियोगिता राखिएको साँस्कृतिक उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए। समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगायतको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत् प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, नृत्य  प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउ, कफी चियाको विक्री एवम् प्रदर्शनी रहेको छ। महोत्सवमा सेतीनदी ¥याफ्टिङ्ग, जीपलाईन फ्लायर, बन्जी जम्पको टिक उपलब्ध गराईने संयोजक थापाले जानकारी दिए। महोत्सवमा १५ प्रकारका आलुका परिकार रहने रेष्टुरेण्ट व्यवस्थापन उपसमिति संयोजकमा विजय थापाले जानकारी दिए। महोत्सवमा ६० वटा व्यवसायिक स्टल, १२ वटा आलुका परिकार स्टल १५ वटा कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्र रहने व्यवस्था मिलाईएको स्टल व्यवस्थापन उपसमिति संयोजक भक्तबहादुर थापाले जानकारी दिए। महोत्सवको वेलुका चर्चित व्याण्डहरुको लाईभ कन्सर्ट पनि राखिएको छ।




Post a Comment

 
Top