0
गोल्डेन न्यूज संवाददाता
टोल विकास संस्था वडा महिला समन्वय समिति पोखरा–१० ले आयोजना गरेको एक हप्ते बेकरी बनाउने तालिम सम्पन्न भएको छ । तालिम समापन समारोहमा बोल्दै सांसद शारदा पौडेलले महिलाहरु आत्मनिर्भर बन्न सकेमात्र समाज लाइ परिवर्तन गर्न सकिने बताइन । जबसम्म परिवारका पुरुष सदस्यले मात्रै कमाएर खाने परिपाटी को अन्त्य गर्न सकिंदैन तबसम्म समुन्नत समाज निर्माण गर्न नसकिने भन्दै उनले परिवारका महिला सदस्य हरु पनि कमाइ गर्न तर्फ लाग्नुपर्ने लाग्नुपर्नेमा जोड दिइन ।  क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले जबसम्म महिलाहरुको आर्थिक सशक्तिकरण हँुदैन तबसम्म महिलाहरु हिसांमा परिरहने भन्दै सबै महिलाहरुले आफ्नो योग्यता र क्षमता अनुसारको काम गनु पर्र्नेमा जोड दिइन । टोल विकास संस्था वडा समन्वय समिति पोखरा १० का अध्यक्ष सम्मर लाल श्रेष्ठले समन्वय समितिले तालिम दिदा विपन्न वर्गका महिलाहरुलाइ प्राथमिकता दिनुपर्नेमा जोड दिंदै नगरपालिकाले लक्षित बर्गका कार्यक्रमहरुको   बजेट निकासा गर्दा अनावश्यक दुःख दिने गरेको गुनासो आउने गरेको बताए ।  कार्यक्रममा संघीय समाजवादी फोरमका कृष्ण बहादुर गुरुङ, पारालिगल कमिटी पोखरा–१०, का अध्यक्ष अनिता तिम्सिना, वडा संयोजक शान्ति सुबेदी, समन्वय समितिका सल्लाहकार गोमा रायमाझी, टोल विकास संस्था वडा समन्वय समिति पोखरा–९ का अध्यक्ष उत्तम जोशी, महिला समन्वय समिति–१८ का अध्यक्ष इन्द्रमाया बाँनिया, नवजीवन महिला विकास संस्थाका अध्यक्ष कमला थापा, हिमालयन कलेज अफ हस्पिटालीटीका ब्यवस्थापक ज्ञान बहादुर राना, तालिम प्रशिक्षक ललित गुरुङ लगायतले तालिममा सिकेका कूरा लाइ ब्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । टोल विकास संस्था वडा महिला समन्वय समिति पोखरा–१० का अध्यक्ष निर्मला कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक अञ्जना घिमिरे तथा सञ्चालन सचिव सीमा राइ गुरुङले गरेकी थिइन । तालिममा मुफिन केक, फूड केक, पिज्जा पाउरोटी, डोनोट, बिस्कुट लगायतका बेकरी आइटम बनाउन सिकाइएको तालिम प्रशिक्षक ललित गुरुङले जानकारी दिए ।







Post a Comment

 
Top