0
गोल्डेन न्यूज संवाददाता
गायक नविन कटुवालको दोस्रो सांगीतिक एल्वम ‘साथ’ को पोखरामा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । कटुवालको एल्वमलाई गायक विनोद बानिया, संगीतकर्मीहरु नवराज बराल, श्रीमान थुलुङ र मेनकाजी गुरुङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सो अवसरमा एल्वममा समावेश ‘मलाई खुशी’ वोलको एक गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । कटुवालको एल्वममा चार गीत समावेश छन । 
सबै गीतमा प्रकाश नेपालीले संगीत दिएका छन् । फलानो क्रियशनले आयोजना गरेको कार्यक्रममा बोल्दै गायक विनोद बाँनियाले बदलिंदो सांगीतिक बजारसंग अनुकुल हुने किसिमको संगीतकर्म गर्नुपर्नेमा जोड दिए । गायक नविन कटुवालले एल्वममा फरक–फरक स्वादका गीत समावेश गरिएको भन्दै एल्वमलाई सबैखाले श्रोताले मन पराउने विश्वास व्यक्त गरे । संगीतकार प्रकाश नेपालीले गम्भीर श्रोताका लागि समेत एल्वम प्रिय हुने विश्वास व्यक्त गरे  । संगीतकर्मीहरु नवराज बराल, श्रीमान थुलुङ र मेनकाकजी गुरुङले गायक कटुवालको सुखद् सांगीतिक भविष्यको कामना गरे । म्युजिक भिडियोमा अपिल त्रिपाठीले निर्देशन तथा सम्पादन गरेका छन् । सरोज अधिकारीको छायङ्कन तथा सुवास अम्गाईले रंग संयोजन गरेको भिडियोमा मिलन थापा, अनु शाह र अनिल अधिकारीको अभिनय रहेको छ ।  कार्यक्रममा बोल्दै निर्देशक अपिल त्रिपाठीले सामान्य विषयमा सरल तर अर्थपूर्ण भिडियो बनाउने प्रयास गरेको बताए । झण्डै ६ वर्षअघि ‘कोशेली’ एल्वम बजारमा ल्याएका नविनले यसपालि आफ्नो एल्वममा प्रेमदेखि राष्ट्रियता सम्मका विषय उठाएका छन् ।

Post a Comment

 
Top