0
लोकप्रियतावाद  लोकप्रिय भएको मैले यो उमेरसम्म पनि थाहा पाएको थिइन । यही नै राम्रो थियो । क्षेत्रीयतावादले कुनै पनि रूपमा खासै राजनीतिक लक्ष्य प्राप्त गरेन । आर्थिक संरक्षणवादीहरूले चुनाव जितेनन् । आप्रवासबाट चिन्तित मतदाताहरूले समेत आफ्नो छनोटको आधार भने आर्थिक र कल्याणकारी विषयलाई बनाए । परन्तु, अहिले हामी बेग्लै प्रकारको राजनीतितर्फ अगाडि बढिरहेका छौँ । सबैभन्दा धेरै दिइने उदाहरण चाहिँ बेलायतको युरोपेली संघबाट बहिर्गमन गर्ने निर्णय र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय नै हुन् । पोल्यान्ड र हंगेरीमा पनि राजनीतिज्ञहरूले अधिनायक वादी महत्वाकांक्षा पूरा गर्नका लागि राष्ट्रवादी र प्रियतावादी नारा प्रयोग गरे । यो पनि चिन्ताजनक उदाहरण हो ।  
साँच्चैको अधिनायकवादी शासन र लोकतन्त्रमा राष्ट्रियताको प्रयोगमा निश्चय पनि अन्तर छ । पश्चिमी राजनीतिज्ञहरूले जस्तै चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति व्लादिमिर पुटिनले राष्ट्रियताको नारा समर्थन बढाउन  गर्नसक्छन् तर लोकतान्त्रिक अवरोधहरूका अभावमा उनीहरूले विधिको शासनको उपेक्षाबाहेक सबै गर्न सक्छन् ।
सीले आफ्ना आलोचकहरूलाई बन्दी बनाउन सक्छन् । पुटिनका आलोचकहरू प्रायः मारिन्छन् तर ट्रम्पलाई विश्वास गर्ने हो भने रुसी सुरक्षा सेवाको यसमा कुनै हात छैन । अनि रुसी सुरक्षा सैनिकले केही गरेका नै भए पनि हालैको एउटा अन्तर्वार्तामा ट्रम्पले भनेजस्तो निन्दा गर्नुपर्ने केही छैन । ट्रम्पले घोषणा गरेका थिए–‘संसारमा धेरै हत्यारा छन् । के अमेरिका निर्दोष छ जस्तो लाग्छ ?’ अमेरिकालाई निर्दोष भन्न मिलोस् कि नमिलोस् अमेरिकी राष्ट्रपतिले उनका रुसी वा चिनियाँ समकक्षीभन्दा बेग्लै निश्चित संवैधानिक व्यवस्था र विशेष मूल्य पद्धतिभित्र रहेर कार्य सञ्चालन गर्नुपर्छ । उनले  आलोचकहरूको हत्या गर्ने कुरा कार्यान्वयन गर्न त परै जाओस् रहर गर्न पनि सक्तैनन् । कमरेड ट्रम्पले व्यवस्थाको तिरस्कार गर्न सक्लान् तर यसबाट उम्कन सक्तैनन् । 
निश्चय पनि यसको अर्थ ट्रम्पले प्रयास नै गर्नेछैनन् भन्ने चाहिँ हैन । जब जब सम्भव हुन्छ, ट्रम्पले उनीसँग असहमत हुनेहरूलाई प्रहार गरेका छन् । नत्र, उनले लगातार आक्रमण गरेर विरोधीलाई बदनाम वा उपेक्षित बनाउँछन् । उदाहरणका लागि, मुसलमान बहुल मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाउन उनको कार्यकारी आदेशविरुद्ध  निर्णय दिने न्यायाधीश र अदालतको आलोचनाको बाढी नै चलाएका छन् । ट्रम्पले सञ्चार माध्यमविरुद्ध पनि मिडियालाई ’विपक्षी दल’ भन्ने उनका प्रमुख रणनीतिकार स्टेव ब्याननसँगै युद्ध सुरु गरेका छन् । ट्रम्पले उनको प्रशासनको वा नीतिको प्रशंसा नगर्ने वा आलोचनात्मक समाचार प्रकाशित गर्ने वा नकारात्मक मत संकलन प्रकाशित गर्ने सबैलाई ‘जाली समाचार’को बिल्ला भिराइदिन्छन् । उनी पत्रकारलाई’ सबैभन्दा तुच्छ जीव’सम्म भनेर निन्दा गर्छन् । ट्रम्पका प्रशंसकहरूले उनका जुलुसमा ‘डोरी, रुख, पत्रकार’ लेखिएको टी सर्ट लगाएका थिए । 
यो शैली ट्रम्पको मात्र भने हैन । पोलिस र हंगेरियन सरकारले सरकारी अधिकारीसम्म मेडियाको पहुँच निषेध गरेर प्रेसको स्वतन्त्रताको अपहेलना गरेका छन् । अधिनायकवादी तथा अर्धअधिनायक वादी शासनहरूमा मिडियालाई दमनको लक्ष्य बनाइएन नै भने पनि सधैँ चुनौतीका रूपमा हेरिन्छ ।
तर, अमेरिकी सञ्चार जगत ट्रम्पका सामु झुकेका छैनन् । यथार्थमा, रुपर्ड मुर्डोकका फक्स न्युजजस्ता सरकारी मुखपत्रबाहेक धेरै प्रकाशनहरू स्वतन्त्रताका पक्षधर मूल्य र संस्थाका संरक्षक बन्न पुगेका छन् । उनीहरूले स्वस्थ, क्रियाशील लोकतन्त्रको मुटुमा ज्ञान, सत्य, असहमति र विमतिको सम्मान गर्ने नागरिक संवाद हुनु आवश्यक हुन्छ भन्ने  विश्वासलाई पुष्टि गराइरहेका छन् । यसको तात्पर्य  पत्रकारहरूले ब्याननले भनेजस्तै विपक्षी दलको भूमिका पूरा गर्नुपर्छ भन्ने चाहिँ हैन । यसको अर्थ के हो भने उनीहरूले ’वैकल्पिक सत्य’ लाई अस्वीकार गर्दै सत्यको खोजी गरिरहनुपर्छ । इलालिएन लेखक प्राइमो लेवीले आफ्नो वैज्ञानिक ज्ञान मुसोलिनीको शासन र अस्विज यातना शिविरमा जीवनलाई सामना गर्ने आधार बनाएजस्तै पत्रकारहरूले पनि आजका कपटी राजनीतिक नेताको सामना गर्न सधैँभन्दा बढी आफ्नो कामप्रति प्रतिबद्ध हुनुपर्छ । यस सन्दर्भमा बेलायती पत्रकारहरूले अमेरिकी समकक्षीहरूबाट धेरै सिक्नुपर्ने देखिन्छ । ब्रेक्सिट मतदानपछि बेलायती प्रेसले अधिकांश अवस्थामा बहुमतीय दलदलमा भासिनबाट लोकतन्त्रलाई जोगाउन अगाडि सरेका छैनन् । यसविपरीत, हाम्रा अधिकांश ट्याबलोइडहरू र आफूलाई अभिलेख ठान्ने एउटा मूलधारको अखबारसमेतले अमेरिकामा फक्स न्युजले गरेजस्तै प्रियतावादी पूर्वाग्रहलाई नै पुनर्पुष्टि गरेको छ । 
यस समूहका छापाहरूको वितरण ह्रासोन्मुख भए पनि अझै ४० लाख प्रति जति छ तिनले ‘जनइच्छा’ को परिभाषा बेलायतले युरोप छाड्ने पक्षमा मत दिने मतदाताको सानो बहुमतमात्र हुन पुगेको छ । उनीहरूले मतको तात्पर्य के थियो भन्ने बिर्से । युरोपमै रहन चाहने अरू ४८ प्रतिशत मतदातालाई बिर्से । यो विध्वंशात्मक प्रक्रिया कसरी हुनुपर्छ भन्ने प्रश्न गर्नेहरूलाई जो सुकैको तिरस्कार गरिरहेका छन् ।
बेलायतका प्रियतावादी सञ्चार माध्यमहरू बेलायतको संसदीय संप्रभुतालाई कसैले हरण गरेको थियो कि भनेजसरी यसलाई पुनःस्थापित गरिएको धक्कु लगाउँदैछन् तर उनीहरू मुलुकले अब कुन बाटो लिनुपर्छ भन्ने प्रश्न गर्ने सांसदको भने निन्दा गर्छन् । उनीहरूले विधिको शासनमा समेत चोट पु¥याउँदैछन् जस्ले उनीहरूले बहुधा दुरुपयोगसमेत गरेको प्रेस स्वतन्त्रताको रक्षा गरेको छ ।
बेलायतको सर्वोच्च अदालतले सरकारले युरोपबाट बहिगर्मन गर्ने निर्णयलाई विधिसम्मत मार्गबाट पुष्टि गर्नुपर्ने निर्णय सुनायो । निर्णय गर्ने न्यायाधीशलाई ’जनताका शत्रु’ भनेर आलोचनासमेत गरियो ।  
ट्रम्पले हालै अमेरिकी सञ्चार जगतप्रति लक्षित यस्तै टिप्पणी ट्विट गरेका छन् । उनीहरूले यसलाई प्रियतावादको अतिबाट नागरिक समाजलाई रक्षा गर्न गरेको कडा परिश्रमको सम्मान स्वरूप प्राप्त चिह्नका रूपमा भिर्नुपर्छ । तर, बेलायतमा भने यसको उल्टो  केही महत्त्वपूर्ण समाचार संस्थाहरूले लोकतन्त्रको स्वास्थ्य र ऊर्जाशीलताजस्ता उनीहरूले लामो समयदेखि अपनाएको मूल्यहरूको उपेक्षा गरिरहेका छन् । यसैले हाम्रो भविष्य तुच्छता र विपन्नताका बीचमा झुन्डिएको छ ।
(लेखक ः अक्सफोर्ड विश्वविद्यालयका कुलपति)

Post a Comment

 
Top