0
गोल्डेन न्यूज संवाददाता
पोखराको सृजनाचोकमा रहेको रेडियो जननीको तेस्रो वार्षिकोत्सव समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । रेडियोले १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसका दिन बुधबार आफ्नो तेस्रो वार्षिकोत्सव एवम् जननी अवार्ड २०७३, जननी सम्मान २०७३ र जननी तेस्रो उद्यमी आवाज स्मारिका विमोचन गर्दैछ । कार्यक्रमको सबै तयारी अन्तिम चरणमा पुगेको रेडियोकी स्टेशन म्यानेजर विमला भण्डारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन। स्टेशन म्यानेजर भण्डारीका अनुसार वार्षिकोत्सवको अवसरमा रेडियोले पोखराका २९ वटै वडाका क्रियाशिल महिलाहरुको समूहमध्ये उत्कृष्ट ३ समूहलाई जननी अवार्ड प्रदान गर्दैछ । यस्तै राष्ट्रमा उत्कृष्ट योगदान पु¥याएका ११ जना महिलाहरुलाई जननी समानबाट समान गरिने भण्डारीले बताइन ।  सम्मान पाउनेहरुमा उद्यमशिलता, शिक्षा, लोकसंगीत, स्वास्थ्य, महिला बालबालिका, सामाजिक क्षेत्र, पर्यटन, अपाङ्गता, साहित्य, सामाजिक समावेशी र खेलकुद क्षेत्रमा योगदान पु¥याएका महिलाहरु रहनेछन् । गतवर्ष विभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहि विशिष्ट योगदान पु¥याएका ११ महिलाहरुलाई जननी सम्मान र समाजमा उत्कृष्ट योगदान पु¥याएका २९ जना आमाहरुलाई आमा सम्मान प्रदान गरिएको रेडियोकी प्रबन्ध निर्देशक लक्की कार्कीले बताइन ।

रेडियोकी अध्यक्ष हीरा भट्टराइका अनुसार गतवर्ष जननी अवार्डबाट सम्मानित ३ वटा महिला समूह मध्ये उद्यमशीलतामा उत्कृष्ट कार्य गरी हस्तकला उद्योग समेत स्थापना गरेको नमूना हस्तकला उद्योग पोखरा–५, मालेपाटनलाई पद्मावती हस्तकला उद्योग राष्ट्रबैंकचोक पोखराबाट पद्मावती अवार्ड प्रदान गरिएको थियो भने यसबर्ष पनि जननी अवार्डबाट सम्मानित ३ वटा महिला समूह मध्ये उद्यमशीलतामा उत्कृष्ट कार्य गरी हस्तकला उद्योग समेत स्थापना गरेको एक समूहलाई  अवार्ड प्रदान गरिनेछ । गतवर्षको जननी अवार्ड  ज्योती महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२२, सृजना आमा समूह पोखरा–१९ र सेदीबगर आमा समूह पोखरा–१६ ले प्राप्त गरेका थिए ।  यसैगरी उत्कृष्ट पारिवारिक जीवनयापन गरेका दुई उत्कृष्ट जोडीलाई स्मार्ट जोडी समान प्रदान गरिने अध्यक्ष भट्टराईले जानकारी दिइन । 
वार्षिकोत्सव कार्यक्रमका लागि रेडियोकी संस्थापक  मिलन थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रम व्यवस्थापन संयोजकमा निर्देशक हसिना बस्नेत, अर्थ संयोजकमा संस्थापक अरुणा शेरचन, प्रचार–प्रसार संयोजक सपना अधिकारी, समूह परिचालन तथा व्यवस्थापन संयोजक वसन्ती गायक, मञ्च व्यवस्थापन संयोजक निशा गौतम, अतिथि सत्कार संयोजकमा गंगा मरासिनी र प्राविधिक संयोजकमा रीमा शाही रहेका छन् ।  कार्यक्रमका संयोजक मिलन थापाले समाजमा उद्यमशीलतालाई अगाडि बढाउने र फरक खालको भूमिका निर्वाह गर्ने सोचका साथ अगाडि बढिरहेको रेडियोले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट पारिन् । स्मारिका प्रकाशन समितिका संयोजक लक्ष्मी पाण्डे क्षेत्रीका अनुसार दोस्रो जननी उद्यमी आवाज स्मारिका प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच जननी अवार्डका लागि टोल विकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष उज्वल खत्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिमा पोखरा उप–महानगरपालिकाका सामाजिक विकास अधिकृत दुर्गा न्यौपाने र टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष उत्तम जोशी सदस्य रहेका छन् । जननी सम्मानका लागि वरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा ६ सदस्यीय छनोट समिति गठन गरिएको रेडियोले जनाएको छ ।




Post a Comment

 
Top