0
गोल्डेन न्यूज संवाददाता
नेपथ्य व्याण्डले फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण पोखरामा गर्ने तयारी गरेको छ । नेपथ्यले चैत २६ गते पोखरा रंगशालामा लाईभ प्रस्तुति गर्ने लागेको सोमबार पोखरा आयोजित पत्रकार सम्मेलनमा व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनीको व्यवस्थापनमा हुन लागेको संयोजक विकेश कायस्थले जानकारी दिए ।
सन् २०१६ मा काठमाडौंमा १० हजार भन्दा बढी दर्शकहरु सहभागिता गराउदै फेरी उठ्ने छ नेपाल नामक इभेण्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको उनले बताए । इभेण्ट मार्फत नेपथ्य ब्याण्ड तीन बर्ष पछि पोखरेली आँगनमा घन्किने भएको हो। नेपथ्यको लाईभ प्रस्तुति पोखरेलीहरुको ईच्छा र चाहाना अनुसार आयोजना हुने भएको पोखरा भीमकालिपाटन सिमपानी निवासी किरण गुरुङले बताए ।  गुरुङ र सोनाम गुरुङको आयोजनामा कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावि र कास्कीकै सल्यान बासखर्कमा रहेको भूमेश्वर प्राविको सहयोगार्थ कार्यक्रम हुन लागेको हो गुरुङले बताए । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ रहेका छन् । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयलाई करिब २० लाख सहयोग जुटाउने लक्ष्य रहेको उनले बताए । तीन बर्ष अघि पोखरा नयाँबजारको प्रदशर्न केन्द्रमा नेपथ्यको कन्सर्ट आयोजना भएको थियो । रेशम, छेक्यो छेक्यो देउराली डाँडा, भेडाको उन जस्तो, जोगले हुन्छ भेट लगायतका गीतहरु गाउँदै आएको नेपथ्यको गीत प्रायः युवा पिंढीहरुको लोकप्रिय ब्याण्डको रुपमा स्थापित भएकोछ । करिब २ घण्टाको प्रस्तुतिमा अमृतले गित गाउने छन् । सामान्य टिकटका १ र विशिष्ट टिकटको ३ हजार दर राखेकोे उनले बताए । नेपथ्यले देशका मुख्य शहरहरु हुँदै विभिन्न देशमा समेत प्रस्तुति राखेको छ ।






Post a Comment

 
Top