0
गोल्डेन न्यूज संवाददाता
एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको  छ ।
मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ । त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो । मृत्यु हुनेमा दिगम्बर यादव रहेको छ भने अर्का एक जनाको नाम खुल्न बाँकी छ । मृतकमध्ये एक जनाको पेटमा र एकजनाको छातीमा गोली लागेको छ । उनीहरुलाई राजविराज फिर्ता ल्याइएको छ । ‘घाइते मध्ये ६ जनालाई धरान लैजाने क्रममा दुईजनाको मृत्यु भएको छ । दुई जनालाई राजविराज फिर्ता पठाएर बाँकीलाई धरान पुर्याइँदैछ,’ मोर्चाका एक स्थानीय नेताले भने । मोर्चातर्फ ११ जना घाइते रहेकोमा तीन जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुको गजेन्द्र नारायण अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ । यसैबीच एमालेले कञ्चनपुरमा गर्ने सोमबारै भनिएको जनसभा स्थगित गरेको थियो । सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय आधारभूत विद्यालयमा साँझ जनसभासँगै साँस्कृति कार्यक्रम गर्ने कार्यक्रम थियो तर राजविराजमा प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ताको मृत्यु भएपछि कार्यक्रम रद्ध गरिएको जनाइएको छ । तराई मधेश अभियानको बाँकी कार्यक्रमलाई के गर्ने विषयमा कञ्चनरुप नागरपालिकाको रुपनगरमा एमालेको बैठक बसेको थियो । एमालेका प्रचार विभागका सचिव विष्णु रिजालले तीन दिनका लागि पार्टीको मेची महाकाली अभियानको कार्यक्रम पनि स्थगित गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिए । एमाले नेता शंकर पोखरेलले सिरहाको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्र भएको निश्कर्ष निकालेको पनि बताए ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा एमालेका कार्यकर्तालाई कालोमोसो दलेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई कालोमोसो दलेर बजार घुमाइएको छ । यता, सप्तरीको राजविराजमा भएको घटनाको विरोधमा जनकपुरमा मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रेका छन् । राजविराजमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको मृत्यू भएपछि जनकपुर समेत तातिएको हो । घटनाको खबर लगत्तै मोर्चाका कार्यकर्ताहरु विरोध लगायत जुलुस प्रदर्शन थालेका छन् । मोर्चाका कार्यकताहरु टायर बाली प्रदर्शन गरी रहेका छन् । जनकपुर जनचोकको अवस्था तनावग्रस्त बनेको छ । यसैबीच, मोर्चाका कार्यकर्ताले सिरहाको गोलबजारमा एउटा ट्रकमा आगजानी गर्नुको साथै दर्जनढी गाढी तोडफोड गरेको छ । सप्तरीमा प्रहरीको गोलीलागि मोर्चका कार्यकर्ताको मृत्युभएको खवरले आक्रोसित बनेका सिरहाका मोर्चाका कार्यकर्ता आक्रोशित बनेका हुन् । विआर ५१ ए ४०१३ नम्वरको भारतीय ट्रक रहेको प्रहरीले जनाएको छ ।  आक्रोशित भिडले गोलबजारमा दर्जन बढी गाढी तोडफोड गरेका हुन् । उनीहरुले सडकै टायर वालेर बाटो अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । मोर्चाको पूर्व निर्धारित मशाल जुलुसमा सहभागी भएका मोर्चा कार्यकर्ताले बसमा तोडफोड गरी प्रदर्शन गरेका हुन् । सडक अरुद्धका कारण गोलबजारमा सयौं गाडी रोकिएर रहेका छन् । लहान र मिर्चैयामा पनि मोर्चा कार्यकर्ताले सडकमा प्रदर्शन गरी अवरुद्ध गरेको खवर प्राप्त भएको छ । मोर्चाले आज मंगलबार सिरहा बन्दको आव्हान गरेको छ । यता, सप्तरीको राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ । एमालेको कार्यक्रम स्थलमा जाने प्रयास गर्दा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको थियो । तर, कार्यक्रमको अन्तिमतिर मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीबाट गोली चलेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआइजी रमेश भट्टराईले बताए ।  डीआईजी भट्टराईले भने, ‘मोर्चाका कार्यकर्तालाई थुप्रै पटक सम्झायौं तर, कार्यक्रम स्थलको करिब ३ सय मिटर नजिक पुगेपछि उनीहरुले प्रहरीमाथि र एमालेको कार्यक्रम स्थलमा गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि गोली चलाउनु पर्ने अवस्था आएको हो ।’









Post a Comment

 
Top