0
गोल्डेन न्यूज संवाददाता
स्थानिय तहको निवाचनलाई केन्द्रित गर्दै युवा संघ कास्कीले कार्यविभाजन गरेको छ । युवा संघ कास्कीको बिहीबार सम्पन्न बैठकले पोखरा लेखनाथ महानगरपालिक सहित चार वटै गाउँपालिकामा एमालेलाई जिताउन भूमिका खेल्नका लागि युवा संघ पोखरा लेखनाथ महानगरपालिका समन्वय कमिटीको संयोजकमा मोहन सुवेदी र सचिवमा नविन पुनलाई जिम्मेवारी दिएको छ । त्यस्तै सदस्यहरुमा शुनिल तिमिल्सिना, सुविन तिमिल्सिना, सन्दिप कोइराला, अनिल श्रेष्ठ, सुमन शेरचन, विजय तिमिल्सिना, उदिम बराल, लक्षमण रोका, आकाश अधिकारी, विक्रम थापा, मायारानाभाट, सुजना गुरुङ, कृष्णकला केसी, रेजिना बराल, मिनराज खड्का, चोकबहादुर बोगटी, कृष्ण खड्का, विमल क्षेत्री, विष्णुप्रसाद पहारी, अमृतकुमार बराल, शुशिल जिसी रहेका छन् । महानगरपालिका बनेपछि हुन लागेको निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरि योजना बनाउन र भूमिका खेल्न जिम्मेवारी तोकिएको हो । त्यस्तै क्षेत्र नम्वर १ को संयोजकमा शंकर पौडेल संयोजक र कृष्णप्रसाद अधिकारीलाई सहसंयोजक तोकेको छ  भने क्षेत्र नम्वर २ मा गणेश बराल संयोजक र सहसंयोजकमा देशभक्त खनाल, क्षेत्र नम्वर ३ मा प्रकाश शर्मा र संहयोजकमा निजाम खान तथा क्षेत्र नम्वर ४ मा चेतनाथ भण्डारी संयोजक र मन्जु जिसीलाई सहसंयोजक तोकेको छ । यता, चार गाउँपालिकामध्ये माछापुच्छ«े गाउँपालिकाको संयोजकमा मन्जु जिसी, अन्नपूर्ण गाउँपालिकामा शिव अधिकारी, मार्दी गाउँपालिकामा राजु अधिकारी, रुपागाउँपालिकामा राजन सुवेदीलाई संयोजक तोकिएको युवा संघ कास्कीका प्रवक्ता पानबहादुर जिसीले बताए । गाउँपालिकामा सम्वन्धित भुगोलबाट प्रतिनिधित्व गर्ने पुरानो जिल्ला कमिटी, क्षेत्रीय, गाउँकमिटी र वडा कमिटीमा रहेकाहरु सदस्य रहने युवा संघले जनाएको छ । त्यस्तै बैठकले महानगरपालिका ३३ वडाका लागि इन्चार्ज समेत तोकेको छ ।  वडा नम्वर चारमा निजामद्विन मियाँ, ५ मा सिन्दप कोइराला, ६ मा दिपेन्द पहारी, ८ मा सुमन शेरचन, ९ मा प्रकाश शर्मा, १० मा नविन पुन, १२ मा देशभक्त केसी, १३ मा गणेश बराल, १४ मा अशोक केसी, १६ मा कृष्णप्रसाद आचार्य, १९ मा विकास आचार्य, २० मा तेजनाथ बास्तोला, २३ मा चेतनाथ भण्डारी,२४ मा सोमनाथ भटराई, २५ मा केशव थापा, २६ मा रामचन्द्र तिमिल्सिना, २७ मा मोहन सुवेदी, २८ मा विष्णु भण्डारी, २९ मा प्रविण सुनार, ३०मा कृष्णप्रसाद अधिकारी, ३१ मा बविता सुवेदी, ३२ मा भुवन घिमिरे  र ३३ मा किशान सुनारलाई इन्चार्ज तोकेको छ ।  त्यस्तै बैठकले नयाँ वर्ष २०७४ सालको क्यालेण्डर प्रकाशित गर्ने भएको छ । क्यालेण्डर निकाल्नका लागि सचिव डिल्लिराम सुवेदीलाई संयोजक तोकेको छ ।

Post a Comment

 
Top