0
गोल्डेन न्यूज संवाददाता
साविक लेखनाथ नगरपालिका मा स्थापना भएको ईलाका प्रशासन कार्यालय, नापी कार्यालय र मालपोत कार्यालयका कर्मचारीहरु लाई लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ। कर्मचारीहरुलाई सम्मान एवं स्वागत गरेका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष त्रिपाठीले तत्कालिन लेखनाथ नगरपालिका र कास्की जिल्ला निर्वाचन क्षेत्र नं.१ मा पर्ने विभिन्न गाविसमा वसोवास गर्ने नागरिकहरुले भोग्दै गरेको असुविधालाई दृष्टिगत गर्दै आम नागरिकका लागि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरु लेखनाथमा स्थापना गर्नका लागि लेखनाथ उद्योग वाणिज्य संघले गरेका पहल गरेको बताए । उनले लेउवासंघकै वहलमा सरकारी कार्यालयका इलाका कार्यालयहरु लेखनाथमा स्थापना भएको दावी गरे । 
जनमुखी सेवा प्रदान गर्नका लागि सवै कार्यालयहरुसंग आग्रह गर्दै अध्यक्ष त्रिपाठीले लेखनाथको आर्थिक तथा सामाजिक विकासका लागि लेखनाथ उद्योग वाणिज्य संघ सदैव तयार रहेको स्पष्ट पारे ।  कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालयका प्रमुख गौलोचन शैजुले आवश्यक कागज पत्र लिएर आएका सेवाग्राहीलाई १० मिनेट भित्र आप्mनै घर आँगनबाट नागरिकता प्रदान गरिंदै आएको जानकारी दिंदै आफूहरु ब्यवस्थित स्थायी कार्यालय स्थापनाको खोजीमा रहेको स्पष्ट पारे ।  मालपोत कार्यालय लेखनाथका प्रमुख चिरञ्जीवि पौडेलले लेखनाथ क्षेत्रका जनताहरुलाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्नका लागि अनलाईन प्रणालीबाट सेवा भईरहेको जानकारी दिंदै शुरुका केहि दिन कार्यालय ब्यवस्थापनका कारण काममा ढिलाई हुन पुगेपनि आगामी दिनमा ब्यवस्थित र सरल तरिकाले सेवा प्रदान हुनेमा ढुक्क रहन आग्रह गरे ।  नापी कार्यालयका प्रमुख गगन ढकालले सेवा लिन कै लागि पोखरा धाउनु पर्ने अवस्थाबाट लेखनाथ क्षेत्रका नागरिक लाभान्वित भएको भन्दै दीर्घकालीन कार्यालय स्थापनाले मात्र लेखनाथका जनताले सेवा पाउने भएकाले जग्गा ब्यवस्थापनको खोजीमा सवैको साथ र सहयोग आवश्यक पर्ने बताए ।   कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य वाणिज्य संघका निर्वतमान अध्यक्ष वावुराम गिरी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्षद्वय चतुराखर अधिकारी, सुमन भट्टराई, संघका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी र महासचिव छत्रधर आत्रेय लगायतले लेउवासंघ र सामाजिक संघ–संस्था र राजनीतिक पार्टीहरुको सहयोगमा सरकारी कार्यालय लेखनाथमा आउन सफल भएकोमा भन्दै आगामी दिनमा पनि विकास निर्माणका सवालमा सामुहिक प्रयास रहि रहनुपर्नेमा जोड दिएका थिए।






Post a Comment

 
Top