0
गोल्डेन न्यूज संवाददाता
नागढुङ्गा विकास समाजको अध्यक्षमा राजेन्द्रमान श्रेष्ठ चयन भएका छन् । समाजको बिहीबार पोखरामा सम्पन्न दोश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यित कार्यसमितिको निर्विरोध चयन गरिएको हो । समितिको उपाध्यक्षमा शान्ता पौडेल, सचिवमा डम्बरराज सुवेदी तथा कोषाध्यक्षमा अपिला बराल चयन भए । समितिको सदस्यहरुमा ग्याल्वो लामा, कमला श्रेष्ठ, केशब ढकाल, दिनेश थकाली, पूर्णकुमारी गुरुङ्ग र शेषबहादुर थापा चयन भए । नवनियुक्त अध्यक्ष श्रेष्ठले नागढुङ्गा विकास समाजको कार्यक्षेत्र फराकिलो भएको बताउँदै आउँदा दिनहरुमा समाजले रचनात्मक श्रृजनात्मक कार्यक्रमहरु गर्ने भन्दै यसका लागि अन्य समुदायसंग पनि सहकार्य गरिने बताए । यसबीच समितिको पहिलो बैठकले समाजको सल्लाहकारहरुमा एकनारायण ढकाल, रामप्रसाद घिमिरे, केशबराज ढकाल, विनोद लामिछाने र ध्रुवराज पौडेलले मनोनयन गरेको छ ।  यसअघि समाजका निवर्तमान अध्यक्ष एकनारायण ढकालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा समाजका अग्रज रामप्रसाद घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमितिको चयन गरेको हो । समितिको कार्यकाल २ वर्षको रहने छ ।





Post a Comment

 
Top