0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ४ वडाचौर घर भएका नेपाली कांग्रेसका नेता मोहनी प्रसाद पौडेलको ६६ वर्षको उमेरमा गत बिहीबार राति निधन भएको छ । स्याङ्जास्थित आफ्नै निवासमा निधन भएपनि उनको अन्त्येष्टि शुक्रबार पोखराको रामघाटमा भएको हो । नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील पौडेल २००८ सालमा जन्मिएको र विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको भातृ संस्था नेविसंघमा आवद्ध भइ राजनीतिमा लागेका थिए ।  प्रजातन्त्रका लागि भएका सबैखाले आन्दोलनमा सक्रियपूर्वक नेतृत्व गर्दै आएका पौडेल केही समयदेखि ब्रेनट्युमरबाट ग्रसित थिए । उनको योगदानको कदर गर्दै केही महिना अघि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पौडेलकै निवासमा पुगेर अभिनन्दन गरेका थिए । गत जेठमा बिरामी भएपछि पोखरा र काठमाडौं हुँदै भारतमा समेत पुगेर उपचार गरेका पौडेल को निधन पछिको शव यात्रामा स्याङ्जा र पोखराबाट ठूलो संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ता र आफन्त सहभागी थिए । 
पौडेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, स्याङ्जा कांग्रेसका सभापति कमल पगेनी र प्रजातन्त्रका सेनानी तारापति सुवेदी लगायतले झन्डा ओढाएका थिए । स्व. पौडेलकी धर्मपत्नी शान्तिदेवी, छोरा विजय पौडेल र हेमन्त पौडेल तथा छोरी मेनका पौडेल पोखरेल रहेका छन् । पौडेलको अन्त्येष्टिपूर्व कांग्रेसका पूर्व महामन्त्री रानाभाट, सांसद कमल पगेनी, सचिव कुमार राना, नेता तारापति सुवेदी, गाउँ इकाइ सभापति नारायण प्रसाद पौडेल, पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मी लगायतले नेता पौडेलको भूमिका र योगदानको बारृेमा चर्चा गरेका थिए । पश्चिमाञ्चल ‘गौरव पुरस्कार’ अधिकारीलाई


Post a Comment

 
Top