0
गोल्डेन न्यूज संवाददाता
आठौ हेमजा आलु महोत्सव–२०७३ तयारी पुरा भएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुदै छ। महोत्सव सफल बनाउन गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको मुल आयोजक समितिका संयोजक ज्ञानु थापाले जानकारी दिए। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ संयोजक थापाले भने–यहाँहरुकै सहयोग र सल्लाहले नै महोत्सव सव्य र भव्य हुने हामीले विश्वास लिएका छै। महोत्सवमा प्लाष्टिक झोला र गिलास निषेधित गरिएको विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए।  महोत्सवमा शान्ति सुरक्षालाई मध्येनजर गरेर ड्रोन क्यामारा जडान गरिएको उनले जानकारी दिए। महोत्सवमा टिकट ८० कायम गरिएको छ भने विद्यार्थीलाई ५० कायम गरिएको छ। महोत्सवमा टिकटमा सिम फ्रिको पनि व्यवस्था मिलाईएको छ। सिम लिनका लागि नागरिकता वा लाईसेन्स अनिवार्य हुनु पर्ने आयोजकले जानाएको छ। महोत्सवमा होली विशेष कार्यक्रम समेत राखिएको छ। महोत्सवमा रत्यौली गीत प्रतियोगिता, कृषि कविता प्रतियोगिता राखिएको साँस्कृतिक उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए। समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, नृत्य  प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुती, जापानिज सुन्तला, च्याउँ, कफि चियाको विक्रि एवम् प्रदर्शनी रहेको छ। महोत्सवमा सेती नदी ¥याफ्टिङ्ग, जीपलाईन फ्लायर, बन्जी जम्पको टिक उपलब्ध गराईने संयोजक थापाले जानकारी दिए। महोत्सव सम्पन्न गर्नका लागि करिव ३१ लाख पाँच हजार खर्च लाग्ने र ३३ लाख पाँच हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए। महोत्सवमा भित्र र वाहिर गरि करिव दुई करोडको आलुको कारोवार हुने कृषक परिचालन समितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए। महोत्सवमा १५ प्रकारका आलुका परिकार रहने रेष्टुरेन्ट व्यवस्थापन उपसमिति संयोजकमा विजय थापाले जानकारी दिए।
महोत्सवमा ६० वटा व्यवसायिक स्टल, १२ वटा आलुका परिकार स्टल १५ वटा कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्र रहने व्यवस्था मिलाईएको स्टल व्यवस्थापन उपसमिति संयोजक भक्तबहादुर थापाले जानकारी दिए। महोत्सवको वेलुका चर्चित व्याण्डहरुको लाईभ कन्सर्ट पनि राखिएको छ।





Post a Comment

 
Top