0
पोखराको बिरौटास्थित वेस्ट पोइन्ट चिल्डे«न एकेडेमीको चौथो अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ । समारोहमा पुरस्कार वितरण, सम्मान एवं विविध सांस्कृतिक कार्यक्रम भयो । प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले समारोह उद्घाटन गर्दै विद्यालयले छोटो समयमै गरेको प्रगतिको प्रशंसा गरे । उनले गुणस्तर शिक्षाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, प्याब्सनका पूर्वअध्यक्ष चिनु रानाभाट, पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, अभिभावक प्रयोगबहादुर शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा उत्कृष्ट शिक्षकबाट सविता जैसीलाई सम्मान तथा विद्यालयमै सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी प्रकृति अधिकारी (कक्षा ७) लाई पुरस्कृत गरियो ।
त्यस्तै, उत्कृष्ट अनुशासित विद्यार्थी प्रशंसा क्षेत्री, सरसफाइमा उत्कृष्ट अनिसा गुरुङ, उत्कृष्ट रातो सदन पुरस्कृत भए ।  यसैगरी, शिक्षक प्रकाश पंगेनी, कविता पौडेल, कमलादेवी रानालाई दोसल्ला ओढाउँदै सम्मानपत्रद्वारा सम्मानित गरियो । उनीहरुलाई जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकाल, विद्यालयका संस्थापक निर्देशक नवीन बराल, विद्यालय निरीक्षक वविता शर्मा, विद्यालय निर्देशक मुक्ति पराजुली लगायतले सम्मान गरेका थिए । विद्यालयका संस्थापक प्रिन्सिपल नवीन बरालले विद्यालयको प्रतिवेदन पेश गर्दै आगामी वर्षदेखि कक्षा तह थप्दै जाने बताए । उनले विद्यालयमा ५ सय ६४ विद्यार्थी, २५ शिक्षक र ११ कर्मचारी रहेको जानकारी दिए । विद्यालयका निर्देशक मुक्ति पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रिन्सिपल प्रतिभा बोहोरा क्षेत्रीले गरेकी थिइन्  । कार्यक्रम सञ्चालन शिक्षक प्रकाश पंगेनी, अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी तथा विद्यार्थीहरुले संयुक्त गरेका थिए । कार्यक्रममा गायक कृष्ण देवकोटाले गीत गाउनुका साथै हाँस्य कलाकार पोखरेली धुर्मुुस र माग्ने बुढाले प्रस्तुति राखेका थिए । विद्यार्थीहरुले डेढ दर्जन बढी गीतमा नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेको अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।








Post a Comment

 
Top