0
गोल्डेन न्यूज संवाददाता
 बर्जर पेन्ट्सले संचालन गरेको बर्जर रंगममंच योजनामा पोखराकी पुष्पा खत्री क्षेत्रीले कार जितेकी छन् । पेन्ट्सले आफ्नो घरधनी योजना रंगमंच अन्तर्गत पोखरामा कार्यक्रमको आयोजना गरि लक्की ड्रबाट बम्पर भाग्यशाली विजेता पुष्प खत्री क्षेत्रीलाई फोड् फिगो कार प्रदान गरेको हो । कारको मूल्य करिब २८ लाख रुपैयाँ छ। विजेता पुष्पा क्षेत्रीलाई बर्जर पेन्ट्सकी ब्राण्ड प्रवद्र्धक नायिका ऋचा शर्माले कारको चावी हस्तान्तरण गरिन् ।  त्यस्तै लक्की ड्र मा पोखराकै संगीता आलेले पल्सर दुई सय २० सीसीको मोटरसाइकल जितिन् । त्यस्तै योजनामा पोखरा क्षेत्रका १० उत्कृष्ट घरधनीहरुलाई नगद पुरस्का प्रदान गरियो । जसमा मायादेवी अधिकारीले १ लाख, सरस्वती अधिकारीले ५० हजार, रजिन जुहारचनले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् भने बालकृष्ण अधिकारी, दिपा गुरुङ, सुरेश चन्द्र पहारी, जस बहादुर गुरुङ, छिरिङ पेम्बा गुरुङ, दिपावती थापा र कमला घिमिरे बरालले २०÷२० हजार रुपैयाँ पुरस्कार जिते ।

पोखराका साना सहरोन्मुख सहरहरुबाट रामदास वाग्ले, विनोद कुमार कर्माचार्य, दन्तकुमारी खत्री, नारायण आचार्य र सुनिलकुमार श्रेष्ठलाईले पनि २०÷२० हजार प्राप्त गरे । पोखराकै गोविन्द सुवाल र भुम प्रसाद सुवेदीलाई २३ इन्चको सामसुङ टेलभिजन प्रदान गरिएको छ । पुरस्कार विजेताहरुलाई बर्जर पेन्टसका म्यानेजर शैबाल घोष, डेपुटी मार्केटिङ म्यानेजर जानु सिग्देल र ब्राण्ड प्रवद्र्धक नायिका ऋचा शर्माले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै म्यानेजर शैबाल घोषले बर्जर रंगमंच योजनामा आठ हजार जना सहभागीहरुबाट विजेता छनोट गरिएको जानकारी दिए। आप्mनो ब्राण्डका प्रमोशनका लागि मात्रै नभएर रंगको बारेमा प्राविधिक ज्ञान समेत दिने गरिएको उनले बताए । बर्जर पेन्ट्सले रंगाएको भरमा कार, नगद र उपहार तपाइँको घरमा भन्ने नारासहित नयाँ कार्यक्रम संचालन भएको उनले स्पष्ट पारे । पेन्ट्सले बर्जर नगदपति योजना ल्याउने तयारीमा रहेको समेत उनले जानकारी दिए ।








Post a Comment

 
Top