0
पोखरा लेखनाथ महानगरपालिकाको कार्यकारी अधिकृत नवराज ढुंगानाको सरुवा हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ढुंगानालाई पोखराबाट सरुवा गरेपनि पोखरामा कसलाई पठाउने भन्ने निर्णय भने बुधबारसम्म गरेको छैन । महानगर बनेपछि सह–सचिव स्तरको कर्मचारीलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिने व्यवस्था रहेकोले नेपाल सरकारको उपसचिव पदमा रहेका ढुंगानाको सरुवा भएको बताइन्छ । उनको सट्टामा हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका दीर्घनारायण पौडेललाई कार्यकारी अधिकृतको जिम्मेवारी दिने तयारीमा मन्त्रालय रहेपनि यसको टुंगो बिहीबारमात्र लाग्ने स्रोतले जनाएको छ । पौडेल नेपाल सरकारको सह–सचिव हुन् ।  यसैबीच पोखरा लेखनाथ महानगरमा पछिल्लो समयमा विभिन्न बाहनामा कर्मचारीहरुको नियुक्ति गरिएको बताइन्छ । नगरपालिकामा वर्षौंदेखि काम गरेका अस्थायी कर्मचारीहरुको समस्या यथावत रहेपनि केही दिनयता अधिकृत र सुव्वा लगायत विभिन्न तहमा करिब डेढ दर्जन कर्मचारीको नियुक्ति भएको र उनीहरु माओवादी र एमाले निकट रहेको बताइन्छ ।





























Post a Comment

 
Top