0
गोल्डेन न्यूज संवाददाता
राजेन्द्र प्रसाद शर्मा
पोखरा १५ चैत्र ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन केन्द्रित भेला र कमिटी विस्तार अभियान तीव्र बनाएको छ। यसैक्रममा मुलुककै ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिका समेत बैठक, भेला र संगठन विस्तार अभियानलाई तीव्र पारेको छ । सोमबार पोखरामा सम्पन्न महानगर परिषद्को बैठकले विविध निर्णयसहित १५१ सदस्यीय पोलेमनपा नगर परिषद विस्तार गरेको छ भने परिषदका लागि सह–संयोजकहरु समेत चयन गरेको छ। परिषदको संयोजकमा पोखराका युवा व्यवसायी राजेन्द्र प्रसाद शर्मा र रेशम योगी, टिकाराम पौडेल, नन्दबहादुर गुरुङ, कमला रानाभाट, अशोक थापालाइ चयन भएका छन्। 
सह–संयोजक राजेन्द्रप्रसाद शर्मा र रेशम योगी पार्टीको तर्फबाट आगामी निर्वाचनको मेयरको सम्भावित उम्मेदवार समेत भएको बताइन्छ ।
परिषदको संयोजकमा पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष समेत रहेको जीतबहादुर तमु यसअघि नै चयन भइसकेका छन् । 
रेशम योगी
बैठकले पार्टीको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने, विभिन्न इकाइ गठनमा तीव्रता दिने आगामी चुनावको उम्मेदवार तय गर्ने लगायतका निर्णय गरेको सह–संयोजक शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । 
बैठकमा पार्टीका केन्द्रीय खेलकूद विभाग संयोजक देवी सुवेदी, जिल्ला संयोजक किरण थापा, महानगर संयोजक जीतबहादुर तमु ममा लगायतले पार्टीलाई सशक्त बनाउन र पार्टीको नीतिलाई तल्लो तहसम्म लैजान सबै लाग्नुपर्नेमा जोड दिए। 

Post a Comment

 
Top