0
नेकपा एमाले पोखरा लेखनाथ १४ खाल्टे मसिना गैरीगाउँ टोल विकास समितिमा नेकपा एमालेको कमिटी गठन गरिएको छ । दुर्गादत्त सुवेदीको संयोजकत्वमा गठित कमिटीको सहसंयोजक मा सकुन्तला गुरुङ, सचिव ईश्वर गुरुङ, उपसचिव सन्तोषी गुरुङ चयन भए । सदस्यमा नीरबहादुर गुरुङ, प्रसाद गुरुङ, प्रेम गुरुङ, घनश्याम अधिकारी, मानबहादुर गुरुङ, कृष्णमाया गुरुङ, विकास गुरुङ, लक्ष्मी परियार, मीना गुरुङ, दिलबहादुर गुरुङ, शोभा गुरुङ, होमादेवी गुरुङ, सुनबहादुर गुरुङ, सूर्यबहादुर गुरुङ र डिलबहादुर गुरुङ ख चयन भए ।  नवनिर्वाचित कमिटीलाई पार्टी जिल्ला लेखा समितिका संयोजक रामप्रसाद सुवेदी, सोही कमिटीका सदस्य तथा निर्वाचन परिचालन समन्वय कमिटी संयोजक रोमबहादुर कार्की र पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा वडा इन्चार्ज विजया सुवेदीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ खुवाएको प्रचार प्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । सूर्यप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम पार्टीका जिल्ला लेखा समिति संयोजक रामप्रसाद सुवेदी, निर्वाचन परिचालन समन्वय कमिटी संयोजक रोमबहादुर कार्की, पार्टीका जिल्ला सचिवालय सदस्य तथा वडा इन्चार्ज विजया सुवेदी, क्षेत्रीय कमिटी सचिवालय सदस्य डि.बी.राई, नगर सदस्य श्रीधर रानाभाट, निर्वाचन परिचालन समन्वय कमिटीका सहसंयोजक बलबहादुर सेन्चुरी, माओ थापा, टोल विकास अध्यक्ष ढोलबहादुर गुरुङ, सकुन्तला गुरुङ,लगायतले स्थानीय तहको निर्वाचनमा एमालेलाई पोखरा लेखनाथ वडा नंं १४ लाई अत्यधिक मतले विजय गराउने प्रण गरेका थिए । कार्यक्रममा स्वागत तथा संचालन निर्वाचन परिचालन समन्वय कमिटीका सचिव बटुकृष्ण कुँवरले गरेका थिए ।









Post a Comment

 
Top