0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ११ काहुँडाडामा विशाल भगवान बुद्धको मुर्तिसहित निर्माण हुने धर्मकाया बुद्ध मण्डलाका निम्ती पोखरा मोहोरियाटोल निवासी गुभाजु परिवारद्वारा ५ लाख ५५ हजार ५५५ रुपैयाँ भूमिदान स्वरुप प्रदान गरिएको छ । मोहोरियाटोल निवासी आमा नेत्रकुमारी गुभाजुको सतबार्षिकीको अवसरमा छोराछोरीहरुले धर्मकाया बुद्ध मण्डला निर्माणका लागि भूमिदान स्वरुप उक्त रकम प्रदान गरेका हुन् । मोहोरियाटोलस्थित गुभाजु निवासमा निवासमा आयोजित कार्यक्रममा छोराहरु युनाईटेड गोल्ड मार्टका सञ्चालक महेन्द्रमान गुभाजुले १ लाख ११ हजार १११ रुपैयाँ, कृश कन्चन सुनचाँदी पसल मोहरियाटोलका सञ्चालक तथा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्णमान गुभाजुले १ लाख ११ हजार १११ रुपैयाँ, मोहरियाटोल स्थित कन्चन पिएम ज्वेलर्सका सञ्चालक पवनमान गुभाजुले १ लाख ११ हजार १११ रुपैयाँ, कन्चन आभूषण मोहरियाटोलका सञ्चालक बिमलमान गुभाजुले १ लाख ११ हजार १११ रुपैयाँ र चिप्लेढुंगास्थित आर कन्चन सुनचांदी पसलका सञ्चालक छोरी रजनी बज्राचार्यले १ लाख ११ हजार १११ रुपैयाँ गरी एकमुष्ठ गुभाजु परिवारद्वारा ५ लाख ५५ हजार ५५५ रुपैयाँ भूमिदान स्वरुप प्रदान गरिएको हो ।

काहुँडाँडामा निर्माण हुने भगवान बुद्धको विशाल मुर्तिसहितको मण्डला  निर्माणका लागि बुद्धको आशनका लागि ७ करोड रुपैयाँ मूल्यको जग्गा खरिद गर्नुपर्ने भएकाले धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति जनाएको छ । समितिका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव राजबहादुर गुरुङले धर्मकाया बुद्ध मण्डला निर्माणको अवधारणा, यसको उद्देश्य, बुद्ध मण्डला निर्माणका लागि अहिलेसम्म गरिएको कामहरुको र आगामी योजनाबारे जानकारी गराएका थिए ।  परिवारको तर्फबाट छोरा कृष्णमान गुभाजुले बोल्दै परिवारको सरसल्लाह गरी महापुण्य कार्यमा थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।





Post a Comment

 
Top