0
गोल्डेन न्यूज संवाददाता
पोखरा र लेखनाथ जोड्ने विजयपुर खोलाको पुलमा शनिवार दिउसो साढे एक बजे शंकास्पद बस्तु देखियो । पृथ्वी राजमार्ग अन्तर्गत अति ब्यस्त सडकको पुल भएपनि विप्लव माआवादीले आवहन गरेको बन्दको कारण सवारी निकै कम गुडिरहेका थिए । बोरालाई प्लाष्टिकले बेरिएको र तार समेत जोडिएको अवस्थामा भेटिएपछि बमको आशंकामा सुरक्षाकर्मीलाई खबर गरियो । सुरक्षाकर्मीले सो स्थानमा झण्डै दुई घण्टा आवत–जावत बन्द गरायो । नेपाली सेनाको बम डिस्पोजल टोली खटियो तर अन्तमा बमको नाममा आतंक मच्चाउन शंकास्पद बस्तु तयार पारेर राखिएको पुष्टि भयो । नेपाली सेनाको कालिभञ्जन गणबाट मेजर गीता गुरुङको कमाण्डमा खटिएको बम डिस्पोजल टोलीले अनुसन्धानको क्रममा बाल्टिन भित्र बालुवा राखेर तारको गुजुल्टो बनाई बोरा र प्लाष्टिकले बेरिएको वस्तु हटाएको हो । सर्वसाधारणलाई आतंकित पार्न बम जस्तै देखिने गरी बमको नाममा आतंक मच्चाउन खोेजिएको प्रहरीले जनाएको छ ।




Post a Comment

 
Top