0
गोल्डेन न्यूज संवाददाता
कृषिउपज बजारमा नेपाली काँग्रेस निकट श्रमिकहरु संगठित भएका छन् । मंगलबार नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको अगुवाइमा संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा कृष्ण प्रसाद धोवी, सचिवमा लाप्रसाद ढकाल (सन्देश), सह–सचिवमा राधिका थापा, कोषाध्यक्षमा महेन्द्रराज पौडेल र सदस्यहरुमा रामचन्द्र उप्रेती, राजेश कार्की सर्वसम्मत चयन भएका छन् । कृषि उपज बजारका अगुवा रामप्रसाद कँडेलको अध्यक्षतामा नेपाल व्यापार तथा सम्वद्ध श्रमिक संघ जिल्ला कार्यसमिति गठन गरिएको छे । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका जिल्ला अध्यक्ष कुलदेवी वरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं ट्रेड युनियन राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले देश चुनावमा होमिएको भन्दै सबै मजदुरले एक भएर नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे ।  उनले काँग्रेस मात्रै मजदुरको पक्षमा रहेको स्पष्ट पार्दै संविधान कार्यान्वयन गरेर देशलाई आर्थिक सम्वृद्धिमा लग्ने नै हामी मजदुरले हो भन्दै श्रमिकहरु कृषि उपजमा जस्तै संगठित हुन आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेका वडा नं ९ का सभापति उमा ठकुरी, क्षेत्र नं ३ का क्षेत्रीय सचिव दिपेन्द्र मर्सानी, युनियनका जिल्ला उपाध्यक्ष कमल सापकोटा, जिल्ला सचिव केशव भट्टराई लगायतले कृषिउपज बजारमा आफ्ना मजदुरलाई हर किसिमको सहयोग गर्न तयार रहेको भन्दै खुलेर संगठन निर्माणमा लाग्न आग्रह गरे ।








Post a Comment

 
Top