0
गोल्डेन न्यूज संवाददाता
युवा पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हेतु नेवा खलः कास्कीद्वारा आयोजित मिस नेवा पोखरा नेपाल संवत ११३७ अन्तर्गत प्रतिभा प्रस्फुटन कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएकीे छ । नेवा छेँ भिमसेन टोलमा सम्पन्न कार्यक्रममा सहभागी १७ प्रतियोगीहरुले आ–आफ्नो रुचीका प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रतियोगीहरु नयाँबजारकी सरिष्मा उदास, गणेशटोलकी सुमित्रा श्रेष्ठले भाषणकला, नदीपुरकी ज्यास्मिन श्रेष्ठले नेवारी नृत्य, मोहोरियाटोलकी रश्ना बुद्धाचार्यले तायमचा नाच, बगरकी आयुष्मा श्रेष्ठले कुमारी नृत्य प्रस्तुत गरेकी थिए ।  यसैगरि दमौलीकी लक्ष्मी श्रेष्ठले गायन कला, नयाबजारकी सिम्रन श्रेष्ठले मेहन्दी कला, तेर्सापट्टीकी अंशु शाक्यले नारीका वर्तमान अवस्था र हाम्रो संस्कृति शीर्षकमा बतृत्वकला प्रस्तुत गरेकी थिए । यस्तै रामकृष्ण टोलकी निकिता लिगल, शिशुवाकी सुमन श्रेष्ठ, बागबजारकी श्रद्धा श्रेष्ठ, कुँडहरकी बर्षा श्रेष्ठ, चिप्लेढुङ्गाकी प्रार्थना डङ्गोलले नृत्य प्रस्तुत गरेकी थिए । दुलेगौंडाकी आकृति श्रेष्ठले धिमे बाजा तथा हेम्जाकी कृपा श्रेष्ठले खिन बजाएकी थिए । कार्यक्रममा लेखनाथ शिशुवाकी सुष्मी कतिलाले नेवारी संस्कति र संस्कृतिका बारे बक्तृत्वकला प्रस्तुत गरेका थिए भने तेर्सापट्टीकी श्रीया श्रेष्ठले कागजबाट बिभिन्न हस्तकलाका सामाग्री निर्माण गरि प्रदर्शन गरेकी थिए । विभिन्न चरण पार गर्दै फागुन २८ गते पोखरा सभागृहमा अन्तिम चरणकीे प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा मिस ट्यालेण्ट, मिस स्माइल, मिस पर्सनालिटी, उत्कृष्ट नेवारी भाषा, भ्यवर च्वाइस, मोस्ट फ्रेण्ड्ली र मिस फोटो जेनिक गरि सात वटा बिधागत उपाधीहरु रहेकीे कीर्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए ।  कार्यक्रममा नेवा छेँ का अध्यक्ष अशोक पालिखे, ट्यालेण्ट सो संयोजक श्रीया बुद्धाचार्य, मिस नेवा ११३६ एलिशा जोशी, नेवा मिसा पुच कास्की अध्यक्ष शान्ती उदास, ल्याम्ह पुच कीस्की अध्यक्ष रामबहादुर रजक लगायतले शुभकामना दिएका थिए । प्रतिभा प्रस्फुटनका निर्णायकहरुमा मधुसुदन जोशी, प्रदिप रञ्जित र दीपा शाक्य श्रेष्ठ रहेका थिए । प्रतियोगीहरुको प्रिजजिङ्ग, फोटो सुट तथा अवलोकन भ्रमण सम्पन्न भइसकेकोे छ । यसअघि प्रतिस्पर्धीहरुलाई नेवारी संस्कृति र सभ्यताका बारेमा जानकारी दिने उद्देश्यले  काठमाडौं, ललितपुर, कीर्तिपुर र भक्तपुर भ्रमण गराइएकीे संयोजक श्रेष्ठले बताए । नेपाल संवत ११३१ देखि शुरु गरिएकोे मिस नेवा पोखराकोे छैठौं संस्करणसम्म १०६ जनाले भाग लिएका र ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठ, ११३५ मा आशा श्रेष्ठ, ११३६ मा एलिशा जोशीले मिस नेवा पोखराकीे ताज पहिरन सफल भइसकेका छन् ।  मिस नेवा शुरु गरेदेखि नेवार युवतिहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पु¥याउँदै आएकोे छ ।










Post a Comment

 
Top