0
गोल्डेन न्यूज संवाददाता
फागुन २८ गते हुने भनिएको मिस नेवा पोखरा नेपाल संवत ११३७ को ग्राण्ड फिनाले अर्को मितिका लागि सरेको छ । शनिबारका लागि तोकिएको पुर्व निर्धारित कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेकाले उक्त दिनको कार्यक्रम चैत ५ गते शनिबारका लागि सारिएको आयोजक नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिएका छन् । उनले कार्यक्रमको अन्तिम तयारी भइसकेको तथा कार्यक्रम गर्न मात्र बाँकी रहँदा स्थगित गरि अर्को मितिमा सार्न पर्दा दुःख लागेको बताउदै कार्यक्रमको शुभचिन्तक तथा दर्शक प्रति पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै चैत ५ गते हुने कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिन आह्वान गरेका छन् । कार्यक्रममा नयाबजारका सरिष्मा उदास, गणेशटोलका सुमित्रा श्रेष्ठ, नदिपुरका ज्यास्मिन श्रेष्ठ, मोहोरियाटोलका रश्ना बुद्धाचाय, बगरका आयुष्मा श्रेष्ठ, दमौलीका लक्ष्मी श्रेष्ठ, नयाबजारका सिम्रन श्रेष्ठ, तेर्सापट्टीका अंशु शाक्य, रामकृष्ण टोलका निकिता लिगल, शिसुवाका सुमन श्रेष्ठ, बागबजारका श्रद्धा श्रेष्ठ, कुँडहरका बर्षा श्रेष्ठ, चिप्लेढुङ्गाका प्राथर्ना डङ्गोल, दुलेगौंडाका आकृति श्रेष्ठ, हेम्जाका कृपा श्रेष्ठ, लेखनाथ शिशुवाका सुष्मी कतिला, तेर्सापट्टीका श्रीया श्रेष्ठ चैत ५ गते हुने मिस नेवा पोखराको अन्तिम चरणका प्रतिस्पर्धी रहेको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिएका छन् ।
मिस नेवाः पोखरा ११३७ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । प्रतियोगितामा मिस ट्यालेण्ट, मिस स्माइल, मिस पर्सनालिटी, उत्कृष्ट नेवारी भाषा, भ्यवर च्वाइस, मोस्ट फ्रेण्ड्ली र मिस फोटोजेनिक गरि सात वटा बिधागत उपाधीहरु रहेको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
विधागत उपाधि बिजेताले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन । उत्कृष्ट नेवारी भाषाका बिजेताले नगद रु ७ हजार प्राप्त गर्नेछन । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ ।


Post a Comment

 
Top