0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जा चापाकोटका यामबहादुर नेपाली जारी बिग आइकनको ‘उत्कृष्ट ६’ राउण्डबाट बाहिरिएका छन् । यामबहादुर बाहिरिएसँगै बिहीबार बिग आइकनमा उत्कृष्ट पाँच जनाबीच प्रतिस्पर्धा भएको छ । निर्णायक र स्रोताको मतको आधारमा यामबहादुर प्रतियोगिताबाट बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ । बाहिरिने क्रममा यामबहादुर केहि भावुक बने । ‘म खुशी छु । र, यतिबेला मैले मेरो परिवारलाई मिस गरेको सम्झिरहेको छु ।’ यामबहादुरले भने–‘मलाई संगीतमा केहि गरोस् भन्दै मेरी आमाले २० हजार रुपैयाँ हातमा थमाएर पोखरा पठाएको पनि मैले यतिबेला सम्झिरहेको छु । नेपाली हाल पोखराको ‘हाम्रो दोहोरी साँझ’मा कार्यरत छन् । उनले आगामी दिनमा पनि साँगीतिक क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाए । बाहिरिने क्रममा उनले बिग एफएम र निर्णायकहरुलाई धन्यबाद ज्ञापन गरे । उनले बिग आइकनका सम्पूर्ण बाँकी प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए । नेपाली बाहिरिएसँगै प्रतियोगितामा लेखनाथकी सौजन्या तामाङ, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ र संगम टोलकी प्रिया गुरुङ भिड्दैछन् ।










Post a Comment

 
Top