0
लायन्स क्लब अफ पोखरा पिस होमको लायन वर्ष २०१७÷१८ को लागि अध्यक्षमा सुशीला सिग्देल निर्वाचित भएकी छन् । क्लबको प्रथम उपाध्यक्षमा लक्ष्मी केसी थापा, द्वितीय उपाध्यक्षमा बबिता पराजुली, सचिवमा दुर्गा तिमिल्सिना र कोषाध्यक्षमा लक्ष्मी बास्तोला निर्वाचित भएका छन् । अधिवेशनबाट क्लबको रिपोटिङ अफिसरमा सरिता हुमागाईं, टेल ट्वीस्टरमा सरस्वती गुरुङ, टेमरमा कृष्णा श्रेष्ठ, पि.आर.ओ. मा गंगा लामिछाने, मेम्बरसिप चियरपर्सनमा विष्णु चापागाईं निर्वाचित भए । निर्देशकहरुमा सरस्वती कार्की, सृजना खनाल, खिमकुमारी खत्री, मञ्जु गुरुङ र पुनम गुरुङ निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष सिग्देलले जानकारी दिइन् । लायन वर्ष २०१६÷१७ का अध्यक्ष ज्ञानी भण्डारीको सभापतित्वमा कार्यक्रम भएको हो । 
संस्थापक अध्यक्ष कल्पना मल्ल, निर्वाचन अधिकृत तथा पूर्व अध्यक्ष सरिता हुमागाईं लगायतले उक्त अवसरमा बोलेका थिए ।

Post a Comment

 
Top