0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्र कास्कीका संयोजक एव पोलिटब्युरो सदस्य दिपक कोइराला रुपकले देशमा संघीय गणतन्त्र रहने बेलासम्म माओवादीले नहार्ने बताएका छन्। पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५ अन्तर्गत रहेको नेकपा माओवादी केन्द्रको तेस्रो वडा सम्मेलनलाई सम्वोधन गर्दै कोइरालले माओवादीको एजेण्डामा देश अगाडि बढेको भन्दै एमाले ३ लाख गाविसमा पठाएम भनेर भाषण मात्र गरेको आरोप लगाए। 
उनले माओवादीले सिंहदरबार सुविधा काठमाडौंबाट गाउँगाउँ पठाउने काम माओवादीले गरेको बताए । उनले जनताले प्रत्यक्ष महसूस गर्ने गरि विद्युत ब्यवस्थापन गरे जस्तै देशको विकासमा पनि जनताले महसूस गर्ने गरि काम गर्ने बताए । उनले माओवादीलाई विश्वास गरेर स्थानीय तहमा हेर्न आग्रह गरे । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बखानसिंह तमु आभाषले इतिहासमै पहिलो पटक स्थानीय तहको निर्बाचन हुन लागेको बताउदै २० बर्ष अगाडिको स्थानीय निकायको निर्वाचन नसम्झन आग्रह गरे । कार्यक्रममा अनेमसंघक्रान्तिकारीका जिल्ला अध्यक्ष कल्पना पाण्डे, माओवादी वडा नं १४ का संयोजक खडक्बहादुर विक लगायतले बोलेका थिए । 

यसैगरी नेकपा माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिका वडा न १५ को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले झक्त बहादुर खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति  निर्वाचित गरेको छ । केन्द्रको वडा उपाध्यक्षमा सन्तोष गुरुङ,सचिवमा राधा प्रसाद गुरुङ, सह–सचिवमा कल्पना थापा, र कोषाध्यक्षमा गौतम थापा रहनु भएको छ। कार्यसमिति सदस्यहरुमा मुना श्रीस, विनोद थापा,खडक बहादुर थापा, शेर बहादुर परियार, घनश्याम बानियाँ, राम प्रसाद लामिछाने, चिजा गुरुङ, चन्द्रकला शाही, यम बहादुर सेन, विष्णु परियार, त्रिवेणी प्रसाद पौडेल, लोकनाथ ढकाल, डिल्लीराम स्ुवेदी, याम गुरुङ, दानमाया गुरुङm प्रज्वल सारुमगर, अमित गुरुङ, सोम बहादुर आले र लालमति बुढा रहेका छन् ।



Post a Comment

 
Top