0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा लेकभ्यालीको चौंथो अधिवशनले शंकर गिरीको अध्यक्षतामा आगामी वर्षको लागि नयाँ कार्य समिति चयन गरेको छ। क्लबको प्रथम उपाध्यक्षमा राजेन्द्र कोईराला, द्वितीय उपाध्यक्षमा सुवास सुवेदी, तृतीय उपाध्यक्षमा डम्वरवहादुर सुवेदी, सचिवमा रामप्रसाद गौतम, कोषाध्यक्षमा श्याम लामिछाने, सदस्य समन्वय सभापतिमा शेरबहादुर अधिकारी, जनसम्पर्क अधिकारीमा तारानाथ पहारी, टेल ट्वीस्टरमा विनोद तिमिल्सिना, सह–सचिव प्रकाश वस्ताकोटी तथा सह–कोषाध्यक्षमा चिन्तामणि पोख्रेललाई सर्वसम्मत चयन भएका छन्।  अधिवेशन क्लबका जोन चेयरपर्सन यदुनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा एक्सटेन्स चेयरपर्शन रमेश खत्रीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । क्लवका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका सचिव सुवास सुवेदीले गरेका थिए भने ध्वजाको अभिवादन द्वितीय उपाध्यक्ष राजेन्द्र कोईरालाले गरेका थिए ।

Post a Comment

 
Top