0
नेपाल तरुण दल कास्कीले राज्यको पुनर्संरचना अन्तर्गत गठित गाउँ वडा इकाईलाई पुनर्गठन र समायोजन प्रकृया अन्तर्गत शनिवार पोखरा लेखनाथ महानगरपालिका वडा नं.२४ मा तरुण दल इकाई  विनोद खड्काको अध्यक्षतामा ५५ सदस्यीय समिति पुनर्गठन गरेको छ । नेपाल तरुण दल कास्कीका पूर्व सचिव पदम बस्ताकोटी र तरुण दल जिल्ला प्रतिनिधि तुल बहादुर कार्कीको विशेष उपस्थितिमा भएको तरुण भेलाले उपाध्यक्ष भगवान तिमिल्सिना, सचिव रमेश केसी, कोषाध्यक्ष रिव बहादुर कार्की, सहसचिव रामकृष्ण अधिकारी साथै सदस्य राजीव तिमिल्सिना, अमर बहादुर भुजेल, नवराज गिरी, विजयराज बस्ताकोटी, सागर तिमिल्सिना, हिसाप श्रेष्ठ, प्रकाश दाहाल, गणेश केसी, नविन त्रिपाठी, मातृका भट्टराई, कविता वि.क., महेन्द्र परियार लगायत ५५ सदस्यीय वडा कार्यसमिति निर्विरोध चयन गरेको छ । उक्त कार्यसमितिलाई नेका जिल्ला सहसचिव भरत बहादुर अधिकारी, नेता दुर्गाप्रसाद तिमिल्सिना, इकाई सभापति प्रताप बहादुर कार्की, पूर्णभद्र अधिकारी, कृष्ण प्रसाद त्रिपाठी, मनहरि सुवेदी लगायतले शुभकामना तथा आगामी स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउन तरुण परिचालन तथा एक भएर अगाडि बढ्न सुझाव दिए ।
यसैगरी माछापुच्छे« गाउँ पालिका–३, घाचोकमा तरुण दल गठन भएको छ। सञ्जय लम्सालको अध्यक्षतामा तरुण दल गठन भएको हो । समितिको प्रथम उपाध्यक्षमा भीमसेन नेपाली, द्वितीय उपाध्यक्षमा दीपेन्द्र लम्साल, सचिवमा श्रीराम लम्साल, सहसचिवमा नवीन पोख्रेल र कोषाध्यक्षमा निशा गुरुङ चयन भएका छन् । सदस्यमा दिलबहादुर गुरुङ, क्रान्तिरमण पोख्रेल, सन्तोष भण्डारी, लीला पुन, सोहन नेपाली, सम्झना अधिकारी र दिल धौलाकोटे छन् ।

Post a Comment

 
Top