0
गोल्डेन न्यूज संवाददाता
अखिल नेपाल महिला संघ पोखरा–५ को चौंथो वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । नेकपा एमाले कास्की जिल्ला उपसचिव प्रभा कोइरालाले सम्मेलनको उद्घाटन गर्दै महिलाहरु राजनीतिमा सक्रिय नभएसम्म देशको राजनीति सही बाटोमा नजाने र समृद्धि असम्भव हुने बताए । सम्मेलनमा पार्टीका जिल्ला सचिवालय सदस्य उमा कोइराला, क्षेत्र नं.३ का अध्यक्ष धनबहादुर नेपाली, लेखा आयोग सचिव एन खत्री, क्षेत्रीय सदस्यहरु पुष्प बराल, उज्वल खत्री, अनेमसंघ क्षेत्र नं.३ का सदस्य भगवती पहारी, पोखरा अध्यक्ष गंगा कुँवर, वडा कमिटी अध्यक्ष विष्णुप्रसाद बराल लगायतले महिलाहरु अधिकार र आर्थिक उन्नतिका लागि लाग्नुपर्ने बताए । सम्मेलनले कल्पना भुवाजुको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल महिला संघ मालेपाटन ५ को नेतृत्व चयन गरेको छ।  संघको उपाध्यक्षमा मिना अधिकारी, सचिवमा अञ्जली खत्री र सह–सचिवमा हरिमाया विक रहेका छन् । कार्यक्रमको अध्यक्षता सृजना शाह र संचालन नानु खत्रीले गरेकी थिइन ।
यसैगरी अखिल नेपाल महिला संघ रामबजार एरियाको भेला  सम्पन्न भएको छ। भेलाले  यामदेवी पौडेलको अध्यक्षतामा ९ सदस्यीय रामबजार एरिया  समिति निर्माण गरेको छ ।  समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः देवीकला सुनार,  माया पुन, ज्ञानु कार्की र यानिमाया रानालाई निर्वाचित गरेको छ भने सदस्यहरु मा रुपा सुनार, सवित्रा गौतम  पार्वती बस्नेत र प्रतिमा गुरुङ्लाई निर्वाचित गरेको छ । 
भेलाले कमला सापकोटा सुनिमाया नेपाली निता खाँड, रिता थापा र कृष्ण थापालाई सल्लाहकारमा निर्वाचित गरेको  छ । भेलामा प्रमुख अतिथि अखिल नेपाल महिला संघ कास्कीकी जिल्ला अध्यक्ष सपना बराल, मानव अधिकारकर्मी ढाकाराम पौडेल,  राष्ट्रिय जनमोर्चा गण्डकी–धौलगिरीका क्षेत्रीय अध्यक्ष शंकर  बराल, राष्ट्रिय जनमोर्चा कास्की का अध्यक्ष रविमोहन ढकाल, अनेमसंघकी देवीकला सुनार, जमुना खत्री र यामदेवी पौडेलले महिलाहरुको हक र अधिकार प्राप्तिको निम्ति राजनीतिक रुपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।



Post a Comment

 
Top